श्रीलंकाका राष्ट्रपतिले आफ्नै दाजु महिन्दा राजपाक्षेलाई बनाए प्रधानमन्त्री


५ मंसिर २०७६, बिहीबार
shreelanka 1

काठमाडाैं, ५ मंसिर । श्रीलंकाका नव निर्वाचित राष्ट्रपति गोताबाया राजपाक्षेले प्रधानमन्त्रीमा बुधवार आफ्ना दाजुको नाम प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिने घोषणा गरेपछि उनले यस्तो घोषणा गरेका हुन् । विक्रमासिंघेले बिहीवार औपचारिक रूपमा राजीनामा दिएपछि महिन्दाले औपचारिक रूपमा पदभार सम्हाल्ने छन् । महिन्दा हाल विपक्षी दलका नेता हुन् ।

कोलम्बो गजेट पत्रिकाका अनुसार विक्रमासिंघेले मंगलवार राष्ट्रपति राजपाक्षेसँग भेट गरी संसद्को भविष्यबारे छलफल गरेका थिए । संसद्मा आफ्नो सरकारको बहुमत भए पनि राष्ट्रपतिको पाएको नयाँ जनादेशलाई ख्याल गरी राजीनामा दिएको बताएका छन् ।

राष्ट्रपतीय निर्वाचनमा गोताबाया राजापक्षे विजयी भएपछि उनलाई राजीनामा दिन दबाब परेको थियो । राजपाक्षेले सानो आकारको प्रारम्भिक नयाँ मन्त्रिपरिषद् गठन गर्ने जनाइएको छ । सन् २०२० को मार्च १ पछि नयाँ संसद् बन्ने भएकाले त्यतिबेलासम्म सानो मन्त्रिपरिषद् मात्रै रहनेछ । स्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्रीहरू सबै राजपाक्षेको दलबाट हुनेछन् ।
भाइ राष्ट्रपति भएपछि श्रीलंकामा फेरि महेन्द राजपाक्षे प्रधानमन्त्री !
तत्कालीन राष्ट्रपति मैत्रिपाला सिरिसेनाले अक्टोबर २६, २०१८ मा विक्रमासिंघेलाई बर्खास्त गरी महिन्दालाई प्रधानमन्त्री बनाइएका थिए ।

अदालतले उक्त कदम अवैध भएको फैसला गरेपछि महिन्दाले गत डिसेम्बरमा राजीनामा दिएका थिए । महिन्दा राजपाक्षेले सन् २००५ देखि २०१५ सम्म श्रीलंकामा राष्ट्रपति बनेका थिए । उनी २४ वर्षकै उमेरमा सांसद बनेका थिए ।

उनले श्रीलंकामा चलेको ३ दशक लामो गृहयुद्ध अन्त्य गरेका थिए । आइतवार निर्वाचित राष्ट्रपति राजपाक्षेले सोमवार शपथ लिएका थिए । राजपाक्षे परिवारबाट राष्ट्रपति बन्ने उनी दोस्रो व्यक्ति हुन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७