टुटल र पठाओलाई लाग्यो बन्देज, अब यात्रु बोक्न नपाउने


५ मंसिर २०७६, बिहीबार
tutal

काठमाडौं, ५ मंसिर । यातायात व्यवस्था विभागले निजी प्रायोजनका लागि दर्ता भएका रातो नम्बरप्लेटका सवारीले भाडामा यात्रु बोकेको पाइएमा कारबाही गर्ने भएको छ ।

विभागले मंगलबार सूचना प्रकाशित गरी निजी सवारीलाई अन्य प्रयोजनमा प्रयोग गर्नु गैरकानुनी भएको जानकारी गराउँदै कारबाही गर्ने बताएको हो ।

विभागको यस्तो सूचनाले निजी सवारीबाट भाडामा यात्रु बोक्दै आएका टुटुल र पठाओ जस्ता कम्पनी प्रभावित हुने भएका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रोतो नम्बर प्लेटका सवारीमा भाडामा यात्रु बोक्नु गैरकानूनी हो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७