‘नयाँ पुस्तामा साधना छैन’


५ मंसिर २०७६, बिहीबार
chhetralal kasp scaled

नारायण ढुङ्गाना

काठमाडौँ, ५ मङ्सिर ।  आँखी भौँसमेत सेतै भएर फुलेका पोखरा महानगरपालिका–¬३ तेर्सापट्टीका ७६ वर्षीय चित्रकार क्षेत्रलाल कायस्थमा प्रकृति र सिर्जना भनेपछि तरुण जोश उम्लिन्छ ।

बाल्यकालदेखि नै कलामा समर्पित कला साधनाबाट सार्थक जीवन जिउने मुर्धन्य व्यक्ति कायस्थ स्वदेश र विदेशमा गरी १३ पटक एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् । आफ्नो उमेरसँग मिलाउँदै समुद्रतटदेखि हिमालपारिसम्मका ७६ चित्र समेटेर हालै काठमाडौँमा एकल कला प्रदर्शनी गरेका छन् । यहाँ दृश्यचित्र र अमूर्तकला समावेश थियो ।

स्वअध्ययनबाट कला सिर्जनामा समर्पित कायस्थ अमूर्त चित्रलाई मूर्तरूप दिने प्रयास गर्छन् । दृश्यचित्रमा पनि उनको आफ्नै मौलिकता र विशेषता देखिन्छ । प्रकृतिलाई गुरु मान्ने क्षेत्रलाल जीवनभर प्रकृतिसँग रमाउँदै क्यान्भास रङ्ग्याए । भोजपत्रमा समेत चित्रकारिता गरेका उनका महिलाहरुको दैनिकीलाई समेटेर विसं २०२२ मा कोरिएका चित्रसमेत यसपटकको प्रदर्शनीमा देखिए ।

शुरुमा पोखराका ढुङ्गामा उनको मन गयो । कलिलै उमेरमा जानी÷नजानी प्रस्तरबाट यात्रा चढ्यो । “मलाई वातावरण र प्रकृतिले नै छोयो, त्यसपछि साधनामा लागेँ”, बुधबार नेपाल ललितकला पत्रकार समाज ९सोफाज०को ‘कलाका कुरा’ कार्यक्रममा भने ।

कायस्थमा कला बिक्री गरेर जीवन चलाउने सोख कहिल्यै आएन । कला सिर्जनाकै कारण तत्कालीन राजा वीरेन्द्रबाट रु १० हजारको बक्सिस पाएको उनको विस्मृतिमा ताजै छ । तर, पनि बिक्रीको सोचमा गएन । कलिलै उमेरमा बुबाको मायाबाट बञ्चित कायस्थ (विसं २०२८–०६५) मा पृथ्वीनारायण क्याम्पसमा प्रशासक बनेपछि उनलाई ठूलो अर्थिक समस्या पनि भएन ।

जलरङको राजधानी मानिने पोखरा प्रकृतिको अनुपम उपहार हो । त्यही ठाउँमा हुर्किएकाले साधना गर्न कतै धाइरहनुपर्ने अवस्था थिएन । तैपनि देशका कुनाकाप्चा, हिमाल, पहाड, तराई डुल्न छाडुनुभएन । वृद्धावस्थामा समेत उनले हिमाली क्षेत्र चढेर कला सिर्जनामा तल्लीन भए । हरेक मानिसको जीवनका लागि कला अत्यावश्यक मान्ने कायस्थको प्रकृति र अमूर्त कलामा खासै फरक नहुने नौलो तर्क छ । उनी प्रकृतिसँग खेल्छन् । प्रकृतिसँग रमाउनुहुन्छ अनि प्रकृतिबाटै सिक्नुहुन्छ र प्रकृति नै टिप्छन् ।

राजनीति मन नपराउने कायस्थ आफ्नो चित्रमा रिसराग नभई शान्ति र सद्भाव छ भन्छन् । मानिसको स्वभाव फरक हुन्छ । एउटै चिजवस्तुमा मान्छेको दृष्टिकोण पनि फरक हुन्छ । उसले बुझ्ने कुरा पनि फरक नै हुन्छ । उनको बुझाइमा त्यही फरकपन नै कला हो । गरिराइसम्म हे¥यो भने बल्ल भाव बुझ्न सकिने उनको भनाइ छ ।

अष्ट्रेलियाको सामुद्रिक दृश्यसमेत क्यान्भासमा कैद गर्नुभएका कायस्थ भन्छन्, ‘म प्रकृतिलाई हुबहु उतार्ने प्रयास गर्छु ।’ ठाउँ समाज चिनाउने महत्वपूर्ण माध्याम चित्रकला भए पनि समाजले कलाकारलाई हेलाँ गर्ने प्रवृत्ति देख्दा उनलाई उदेक लाग्छ ।

उनमा नयाँ पुस्ताप्रति ठूलो गुनासो छ । दुई÷चार चित्र नबन्दै मिडियामा जाने अवस्थाले वास्तविक कला मर्ने चिन्ता गर्छन् । ‘नयाँ पुस्तामा साधना छैन, निरन्तरता र सचेतना छैन”, कायस्थ भन्नुभुन्छ । चित्रकारलाई हौसला प्रदान गर्न अहिले उनको नाममा प्रतिष्ठान खोलेर पुरस्कार वितरणसमेत थालिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७