गायिकीमा ‘राज’ गर्ने आवाजकी धनी रजनी ‘ॠदम्’ राई


५ मंसिर २०७६, बिहीबार
rajani rhytham rai12 scaled

नेपाली सुगम संगीतलाई अहिलेको अवस्थासम्म ल्याई पुर्याउन दार्जिलिङ्गको देन भुलिनसक्नु छ । गोपाल योञ्जन, कर्म योञ्जन, अरुणा लामा, अम्बर गुरुङ्गलगायतका मुर्धन्य संगीतज्ञहरुले दार्जिलिङ्गबाट नेपाल आई यहाँको सुगम संगीतलाई ‘जुरुक्कै’ उचाले । स्वर स्व. स्वर सम्राट नारायण गोपाललाई ‘स्वर सम्राट’ बनाउनुमा दार्जिलिङ्गको संगीतको सुगन्धले धेरै काम गरेको छ । साहित्य, संगीत, गीत लेखन र गायकीमा नेपाल र दार्जिलिङ्गलाई अलग्याए अपुरो र अधुरो बन्न जान्छ । नेपाल र दार्जिलिङ्गको सांगीतिक ‘साइनो’ अहिलेसम्म पनि अटुट छ । नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो स्थान खोज्दै अहिले पनि भारत दार्जिलिङ्गका गायक, गायिका, संगीतकार र गीतकार नेपाललाई कमथलो बनाउने क्रम टुटेको छैन ।

दार्जिलिङ्गको माटो, हावापानी, प्रकृति र सांगीतिक माहौलमा आफूलाई निखार्दै अहिले उहि दार्जिलिङ्गकी गायिका रजनी ‘ॠदम’ राई नेपाली सांगीतिक आकाशमा सम्भावनाहरुको गोरेटो खोज्दैछिन् । माटोमै संगीतको सुगन्ध भएको भारतको दार्जिलिङ्ग जिल्लाको खर्साङ्गमा जन्मिएकी रजनी राईले आफ्नो नामको बीचमा ‘रिदम’ उपनाम राखेकी छन् । उनको उपनामले नै पनि उनी गीत–संगीतमा झुकाव राख्दिहुन भन्ने अनुमान लगाउन गाह्राे पर्दैन । हो पाठकको अनुमान जस्तै दार्जिलिङ्गबाट शुरु भएको रजनी रिदम राईको सांगीतिक दौड अहिले नेपाल मात्र होइन, विश्व पुग्ने गरी शुरु भइसकेको छ । जसमा कोसेढुङ्गाको काम गायन क्षेत्रको रियालिटी शो ‘द भ्वास अफ’ नेपालले गरिदिएको छ । मैले ६ वर्षदेखि नै गीत गाउन शुरु गरेकी रिदमको अहिलेसम्मको मेहनत, साधना र गलाको जादुलाई जारी ‘द भ्वाइस अफ नेपाल’ को मञ्चले विश्वको कुनाकाप्चासम्म पुर्याई दिएको छ ।

सानैमा गीत गाएर साथीभाइ, गाउँघर र अभिभावकबाट चक्लेट उपहार पाउने रजनी रिदम राईले ‘द भ्वाइस अफ नेपाल’ को मञ्चमार्फत प्रशिक्षकको आर्शिर्वाद, दर्शक–श्रोताको माया र हौसला उपहार पाइरहेकी छन् । अहिले उनको गायकीले दिन दुईगुना रात चौगुना फड्को मारिरहेको छ । रजनी ‘ॠदम’ राईकै शब्दमा उनको सांगीतिक जीवनका आरोह अवरोहका कथा :

 

भजनले गायकीको ‘लत्त’
मेरो परिवार एकदमै अनुशासित परिवार थियो । अनुुशासनमा बस्नु पर्छ, घरमा उठ्ने बस्ने, राम्रो चालचलन हुनुपर्छ भन्नु हुन्थ्यो । त्यही भएर मलाई बाबा–आमाले बाल विकास क्लास हालिदिनु भयो । जहाँ चाँही हामीले राम्रो, असल बन्नु पर्छ । किताबी ज्ञान मात्र होइन, जीवन ज्ञान पनि लिनुपर्छ भन्ने सिकाइन्थो । आध्यात्मिक ज्ञान, भगवानको पूजापाठदेखि गीता पढ्नुपथ्र्यो । म यही माहौलमा हुुर्किए ।

बाल विकास जाँदाजाँदै मैले भजन गाउन सिकें । एक दिन मैलै भजन गुनगुनाउँदै गर्दा मेरो गाउँको एक जना दिदीले पछाडिबाट सुनिरहनु भएको रहेछ । उहाँले मैले गाएको भजन सुनिसकेपछि ‘कस्तो राम्रो गाएको, कहिले सिकिस् ?’ भन्नुभयो । मलाई बाल विकासमा एक जना आन्टीले यो भजन सिकाउनु भएको थियो । मैले मन परेर गुनगुनाएकोे भनें । उहाँले मिठो गाउँदो रहेछस्, स्वर राम्रो रहेछ भन्नुभयो । उहाँ वालविकासकै शिक्षिका पनि हुनुहुन्थ्यो । उहाँले पछि मलाई राम्रोसँग सिकाई दिनुुभयो ।

बाल विकास क्लासमा ठूल्ठूलो सरहरुको अगाडि गाउन लगाउनु भयो । अनि सरहरु एकदम खुशी हुनुुभयो । साना नानीले राम्रो गाएको भनेर । त्यो बेला मेरो बोली तोते थियो । त्यसपछि मिठाई, चक्लेटहरु दिनु भयो । काखमा राख्नभयो । एकदमै माया गर्नुुभयो ।


मेराे पहिलाे गुरू सवनम सुुब्बा हो । म खर्साङ गएका बेला पहिलो भेट्ने व्यक्ति नै उहाँ हो । उहाँ मेरो गुरु र प्रेरणाको स्रोत नुहुन्छ । आमाले जस्तै माया गर्नुहुन्छ । मेरो जीवनकै महत्वपूर्ण र आदर गर्ने व्यक्ति हुुनुुहुन्छ उहाँ । आज म जे छु । उहाँको कारण नै छु । उहाँलाई म यहाँबाट धेरैधेरै धन्यवाद भन्न चाहन्छु ।

दिदीले नयाँ–नयाँ भजनहरु सिकाउने अनि ठाउँ ठाउँका साई कार्यक्रम हुँदा भजन गाउन लगाउने गर्नुहुन्थ्यो । यसरी गाउँदै जाँदा जिल्लाकै साई समितिहरुमा चर्चा भयो । कर्साङमा ६ बर्षको नानीले राम्रो गीत गाउँछ भनेर हल्ला फैलियो । बाल विकासमा भजन गाउने प्रतिष्पर्धा पनि हुन्थ्यो । मैले भाग लिन थालें । अनि मैले गाउँदो रहेछु भनेर थाहा भयो । दिदीले मलाई हौसला, प्रेरणा दिनुुभयो ।

उहाँ अझै खर्साङमा हुनुहुन्छ । उहाँको नाम सवनम सुुब्बा हो । म खर्साङ गएका बेला पहिलो भेट्ने व्यक्ति नै उहाँ हो । उहाँ मेरो गुरु, प्रेरणाको स्रोत पनि हुनुहुन्छ । आमाले जस्तै माया गर्नुहुन्छ । विरामी हुँदा पनि धेरै ख्याल गर्नु हुन्थ्यो । मेरो जीवनकै महत्वपूर्ण र आदर गर्ने व्यक्ति हुुनुुहुन्छ उहाँ । उहाँलाई म यहाँबाट धेरैधेरै धन्यवाद भन्न चाहन्छु । आज म जे छु । उहाँको कारण नै छु । उहाँले नै मलाई मेरो प्रतिभा प्रष्फुटन गराई दिनुु भएको हो ।

भजन गाएर रुवाउँथिन् ‘रजनी’
सानै थिएँ । भजन गाएको थिए । एकदमै ध्यान मग्न भएर भजन गाउँथे । मेरो गीत सुनेर प्रायः मान्छेहरु रुनु हुन्थ्यो । दिदीले मैले भजन गाईराख्दाको प्रतिक्रिया हेर्नु हुन्थ्यो । स्टेजबाट झेरपछि मिठाई किनिदिने । पैसा दिने गर्नु हुन्थ्यो । सानो हुँदाको स्टेज प्रोगाम खुुब मिस गर्छु अहिले पनि । त्यो बेलाको गायनमा मेरो तोते आवाज थियो । यसले पनि सबैले मन पराउँथे ।
भजन : ‘मुरलीधर, मुरहर, नटभर…२
गोपीजन प्रिय, गिरिधर, मुरलीधर, मुरहर’ (सानो मै गाउने स्वर पार्दै) ।

‘रिदम’ को साइनो संगीतसँगै छोरी

रजनीपछि ‘रिदम’ राख्नुुको कारण मेरो छोरी हो । मलाई गायिकाको रुपमा चिनाएको पोखराको एउटा गाउँको गीत छ । ‘रुपै राम्रो रुपातालको’ गीतले मलाई चिनायो जस्तो लाग्छ । त्यो भन्दा अगाडि थुप्रै गीत गाएको थिएँ । यो गीत सुन्दा नि राम्रो छ । बुढापाका, बच्चादेखि लिएर युवा पुस्तासम्मलाई आकर्षित गर्छ । यो गीत बज्ना साथ सबैको जिब्रोमा झुण्डिहाल्छ । अरु गीत भन्दा मलाई यो गीत सजिलो पनि लाग्छ ।
‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ,
रुपातालको काखैमा लौ न माया लाउ ।’

दार्जिलिङ्गदेखि नेपालको सांगीतिक ‘दौड’
मेरो श्रीमानले नेपाल आउने योजना बनाउनुु भयो । उहाँ संगीतकार हुनुुहुन्छ । हामी यही संगीतको क्षेत्रबाट जीवन राम्रो हुन्छ होला भनेर जोडिएका थियौं । तर, अहिले सँगै छैनौं । मेरो ससुरा पनि एकदमै राम्रो संगीतकार हुुनुहुन्थ्यो, भ्वाइलेनिष्ट । तर अहिले हुनुहुन्न । उहाँलाई धेरै सम्झिन्छु । उहाँले हामीलाई गीत संगीतको क्षेत्रमा लाग्न धेरै हौसला दिनुहुन्थ्यो । पोखरा आउने अवस्था प¥यो । बाबाले पनि तिमीहरु पोखरा जाऊ भन्नुु भएको थियो । तिमीहरु दुुबै म्यूजिकमा छौं । पढेको पनि छौं । टिचिङ पनि गर्छौ । मेरो चिन्ता नगर । तिमीहरुको भविष्य जहाँ राम्रो बनाउन सक्छौँ त्यहीं जाऊ भन्नुुभयो । यो सन् २००७–०८ तिरको कुरा हो । अनि बाबाले नै केही खर्च दिएर पठाउनु भयो । हामी नेपाल आयौँ ।

दार्जिलिङमा मैले गाएको गीतको केही सिडीको कपीहरु लिएर आएको थिएँ । आउने वित्तिकै दुुई–तीन वटा म्यूजिक स्टुुडियोमा सिडी र फोन नम्बर पनि दिएर आएँ । यदि कसैले मेरो स्वर मन पराए खबर गर्नुहोला भनेको थिएँ । त्यसको एक हप्तामै मलाई कल आयो । एक जना प्रोड्युसरले एउटा गीत ट्राई गर्ने भनेर । म गएर गीत गाएँ । एकदमै मन पराउनु भयो । स्टुुडियोमा त्यो गीतको मिक्सिङ चलिरहेका बेला अर्को दाइले सुुन्नु भएछ । त्यसपछि उहाँले मलाई गीत गाउन दिनु भयो । यसरी मौकाहरु पाउँदै गएँ । मैले धम्पुुसको गीत गाएँ, त्यसबाट अन्नपूर्ण अवार्ड पनि पाउन सफल भएँ । पोखराले सांगीतिक यात्रा अघि बढाउन सहयोग गर्दै गयो ।

म आफुलाई ६० प्रतिशत गायिका र ४० शिक्षिका भन्न रुचाउँछु । म दुुबै पेशालाई माया र सम्मान गर्छु । म शिक्षण गरिरहेका बेला आफूलाई गायिका जस्तो ठान्दिन् ।

साधन संगीतमा, कर्म शिक्षणमा

टिचिङ सानैबाट मन पथ्र्यो । स्कुल–स्कुल खेल खेल्दा, म टिचरकै रोल गर्थे । म्युजिक र शिक्षा दुुबै सरस्वतीको देन हो । बच्चाहरुसँग समय बिताउनुु मन पर्छ । आफूले जानेको कुरा सिकाउन पाउँछु त्यही भएर म म्युजिकसँगै टिचिङमा छुु । म आफुूलाई ६० प्रतिशत गायिका र ४० शिक्षिका भन्न रुचाउँछु । म दुुबै पेशालाई माया र सम्मान गर्छु ।

म शिक्षण गरिरहेका बेला आफूलाई गायिका जस्तो ठान्दिन् । अरुले मलाई गायिका जस्तो ट्रि«ट नगरोस् लाग्छ । म स्कुल छिर्दा शिक्षिका नै भएर छिर्छु । मेरो काम हुन्छ बच्चाहरुलाई पढाउने, ज्ञान दिने । कहिलेकाहीं विद्यार्थीहरुले हामीलाई गीत सिकाउनुहोस् न भन्दा आइतबारदेखि बिहीबारसम्म राम्रो पढ्नु भन्छुु । कहिलेकाहीं शुक्रबार भजन, गीतहरु सिकाउँला भन्छु । कहिलेकाँही विद्यार्थीलाई पढाउँदा पढाउँदै पनि गीत गाई दिनुपर्छ, गीतले पनि विद्यार्थीको सिकाइ क्षमतामा सहयोग पुर्याउँछ ।

छोरीलाई टेलिभिजनमा देखाउन ‘द भ्वाइस अफ नेपाल’ मा
मेरो छोरीले मलाई टेलिभिजनमा देख्न चाहन्थिन् । छोरीका लागि पनि म द भ्वाइसमा भाग लिए । म डिजिटल अडिसनमा छानिएँ र यहाँसम्म आइपुुगें । मेरो छोरीले मलाई चार पल्ट टेलिभिजनम देख्न पायाे । ‘द भ्वास अफ नेपाल’ को प्रतिष्पर्धामा टप १२ पुगेर त्यसमाथिको यात्रा रोकिए पनि सांगीतिक क्षेत्रको मेरो यात्रा रोकिने छैन । अझ रफ्तारका साथ अघि बढ्छ ।

म सीमित मान्छेहरुको बीचमा चिनिएको थिएँ । थुप्रै गाउँको गीतहरु गाए पनि मेरो आवाज मात्र पुुगेको थियो । रजनी राई को भनेर भन्दा मेरो अनुहार समेत देख्नु भएको थिएन । मेरै छेउमा मेरो गीत गुनगुनाउने तर, मलाई नचिन्ने अवस्था पनि थियो । स्कुलमा, बस चढ्दा मेरो गीत गुनाउने मान्छेहरुलाई मेरो गीत हो भन्नु पनि अप्ठयारो हुँदोरहेछ । तर, म उनीहरुको प्रतिक्रिया हेर्थे । उहाँहरु रमाउनु हुन्थ्यो । मिडियामा नआउँदा त्यस्तो हुँदोरहेछ ।

यो कुरामा मनमा खट्किरहेको थियो । कुनै पनि मानिसलाई अनुहारले चिनोस् भन्ने लाग्छ । अहिले त झनै मिडियो जमाना छ । आफ्नो अनुुहार चिनाऊ भन्ने हुन्छ । मेरा कतिपय शुुभचिन्तकहरुले तपाईको आवाज राम्रो छ, तपाई सीमित मान्छेहरुको बीचमा मात्र होइन, बृहतरुपमा अघि बढ्नु पर्छ, तपाईको आवाज संसारलाई सुनाउनु पर्छ, चिनाउनुु पर्छ भन्नुहुन्थ्यो ।

द भ्वाइसकाे यात्रा जीवनकै स्मरणीय क्षण

मेरो लागि भ्वाइस यात्रा धेरै राम्रो थियो । मेरो जीवनकै स्मरणीय समय रह्यो । मैले धेरै कुरा सिक्ने अवसर पाएँ । स्टेजमा कसरी गाउनु पर्छ ? कसरी प्रस्तुती दिनुपर्छ ? अझै धेरै सिक्नुपर्ने रहेछ भन्ने कुरा महसुस गर्न पाएँ । कुनै पनि कलाकारलाई मैले जान्दछु भन्ने लाग्छ मलाई पनि त्यस्तै लागेको थियो । तर, भ्वाइसमा आइसकेपछि अझै सिक्न धेरै बाँकी रहेछ भन्ने महसुस गरें । मैले मेरो कन्फिडेन्स लेभल बृद्धि गरे । यतिकै गाउनु र अन्तर्राष्ट्रियस्तरको स्टेजमा त्यो पनि १०–२० वटा क्यामेरा फेस गरेर गाउनुु फरक पर्छ । संसारले सुनिरहेको हुन्छ । त्यसलाई कसरी फेस गर्ने भन्ने कुरा सिक्न पाइयो । यी सिकाईहरु भ्वाइसमा मात्र सीमित रहने कुरा होइन । अबको सांगीतिक यात्राका लागि एकदमै काम लाग्ने कुराहरु सिकेको छु । त्यसैले मेलै केही गुमाएको छैन् भन्ने लाग्छ ।

वैबाहिक जीवन
श्रीमानसँगको सम्बधका कारण म दुःखी छैन् । मेरा जीवनमा उतारचढाव आएको वर्षो वितिसक्यो । म संगीतमा छु, पढाउँदैछु, खुशी छु । मेरो छोरीसँग पनि भेटिराख्छु । उनी पनि नेपाल आउँछिन् । पछिल्लो पटक केहि मिडियामा ‘म दुःखी छु’ भन्ने खालकाे शीर्षकप्रति चाँही मेरो आपत्ति छ । मैले दुःखी छु भनेकाे छैन् । उहाँले अर्को घरबार बसाइसक्नु भएकाे छ । मेरो कारणले उहाँहरुको जीवनमा असर नपरोस् । उहाँहरुको जीवन खुशी साथ बितोस् ।

‘आइडल’ व्यक्तित्व लत्ता मंगेशकर, फ्यान अञ्जु पन्तको
भारतमा हेर्दा लता मंकेशकर हुनुहुन्छ । उहाँको जीन्दगी त असहज थियो । उहाँको आफन्तहरुलाई लिएर थुुप्रै दायित्वहरु थियो । त्यसका बावजुद पनि उहाँले संगीतलाई निरन्तरता दिनुुभयो । उहाँसँग अहिले कसैको पनि तुलना हुँदैन् । उहाँ नै मेरो आइडल हुनुहुन्छ ।

नेपालमा हेर्ने हो भने मेरो कोच दीप श्रेष्ठ मेरो आइडल हुनुुहुन्छ । उहाँको पुुस्ताका गायकहरुमा उहाँ अहिले पनि गीत संगीतमै सक्रिय हुनुुहुन्छ । गाउन सक्नु हुन्छ । स्मार्ट, वेल ड्रेस, इनरजेटिक हुनुहुन्छ । टिभीमा देख्दा भेट्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । भ्वाइसको पहिलो सिजनमा दीप श्रेष्ठ नै हुनुहुन्छ भनेरै डिसहोम जोडेको थिएँ । ब्लाइण्ड अडिसनमा उहाँले नै पहिले बज गर्दा म एकदमै खुशी भएको थिएँ । त्यो बेला भ्वाइस अफ नेपाल नै जितेको जस्तो लागेको थियो । गायिकामा अञ्जु पन्त एकदमै मनपर्छ । उहाँले फिल गरेर गाउनु हुन्छ । उहाँको म ठूलो फयान हुँ ।


भ्वाइसमा आईसकेपछिको रजनी
भ्वाइसमा आईसकेपछि आफूले आफैलाई केहि फरक पाएको छुु । आफैले भित्र पनि फरक महसुस गरेको छु । धेरै कुरा सिक्न पाएँ । कलाकारमा हुनुुपर्ने गुुण के हो विकास गर्दैछुु । माइक ब्यालेन्सदेखि लिएर गीत गाउने तरिकासम्म सिकें । पहिले जुन पायो त्यही गीत गाउँथे । कोच दीपको कोचिङ पाएँ । उहाँले हरेक शब्दमा ध्यान दिनुहुन्छ । नेपाली शब्द उच्चाहरण कमजोर थियो । अहिले गीत गाउँदा एदकमै चनाखो हुन्छुु । बोल्नु पर्ने कुराहरु पनि फरक पाएको छुु । पहिले सीमित मान्छेहरुले चिन्नुहुन्थ्यो । अहिले चाँही मलाई धेरैले चिन्न थाल्नु भएको छ । पहिले म सानो पोखरीमा थिएँ, अहिले ठूलो नदीमा तैरिन सिकिरहेको छुु ।

भोट गर्लान् कि नगर्लान् भन्नेतिर भन्दा पनि प्रस्तुती र गायनमा ध्यान दिनुुहोला । कलाकारका लागि पछिसम्म रहिरहने भनेको भोट होइन कला, साधन र गायन नै हो । इलिमिनेशन हुँदै जाने साथीहरु हतास नहुनुहोला । यो सांगीतिक यात्राको एक भाग मात्र हो ।

अबको योजना
मेरो थाँती रहेको गीतहरुको काम गर्छु । दार्जिलिङमा काम गर्दैछुु । रेर्कडिङ काठमाडौंमै गर्छु । थुप्रै संगीतकारहरुले सम्पर्क गरिराख्नु भएको छ । उहाँहरुसँग काम गर्छु । प्रोगामका लागि बोलाउनु पनि भएको छ । हेरौँ कति काम गर्न सक्छुु ।

भ्वाइसका प्रतिष्पर्धीलाई सुुझाव
भ्वाइसका मेरा जति पनि भाइबहिनीहरु हुनुहुन्छ आफ्नो सक्दो राम्रो गर्नु । अगाडि बढ्न भोटले नै तय गर्ने हो । यदि राम्रो गाएर पनि भोट भने जस्तो नपाउँदा पनि आफूलाई नराम्रो फिल हुँदैन् । चित्ता बुुझाउने ठाउँ हुन्छ । भोट गर्लान् कि नगर्लान् भन्नेतिर भन्दा पनि प्रस्तुती र गायनमा ध्यान दिनुुहोला ।

कलाकारका लागि पछिसम्म रहिरहने भनेको भोट होइन कला, साधन र गायन नै हो । इलिमिनेशन हुँदै जाने साथीहरु हतास नहुनुहोला । यो सांगीतिक यात्राको एक भाग मात्र हो । नतिजा जस्तो पनि आउन सक्छ । त्यसकारण नतिजालाई सकारात्मक भएर ग्रहण गर्नुपर्छ । अघि बढ्नुहोस् । र, सम्पूर्ण प्रशिक्षक (कोच) हरुलाई ह्दयदेखि नै धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७