भगवान सम्झेर घुस खान्न र खान पनि दिन्न : नव नियुक्त राज्यमन्त्री दुगड


५ मंसिर २०७६, बिहीबार
MOtilal dugad udyog rajyamantri scaled

काठमाडौं, ५ मंसिर । नव नियुक्त उद्योग राज्यमन्त्री मोती दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीको माया र सद्भावकै कारण आफू राज्यमन्त्री बन्ने सौभाग्य जुरेको बताएका छन् ।

बिहीबार पदभार ग्रहण गर्दै उनले भने ‘प्रधानमन्त्रीको माया र सद्भाव र पार्टीको विश्वासले यहाँ आएँ । लेखराज मन्त्री ज्यूसँग काम गराईको तालमेल मिल्छ भन्ने लागेको छ ।’ राज्यमन्त्री दुगडले आफू राजनीतिभन्दा अलग ठाउँबाट आए पनि केही गरेर देखाउने दृढता आफूमा रहेको बताएका छन् ।

उनले भगवान साक्षी राखेर घुस नखाने / र खान पनि नदिने प्रण गरे । उद्योगीको मनोबल खस्किएकाले सुधार गर्ने बेला आएको राज्यमन्त्री दुगडले बताएका । ‘मलाई सबै कुरा पुगेको छ यहाँ आएर केही पाउनु छैन । कर्मचारीले साथ दिनुस् । उद्योगीलाई रेड कार्पेट ओच्छ्याउने वातावरण बनाउँछौं’ उनले भने ।

दुगडको इन्ट्रीसँग उद्योगको अनुभव संगालेका उद्योगी मन्त्री ओली सरकारले पाएको छ ।
प्रधानमन्त्री ओलीले पूर्व एमालेबाट समानुपातिक सांसद बनेका मोतीलाल दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्रीका रुपमा ‘इन्ट्री’ गराएका हुन् । सेन्चुरी मसला उद्योग दुगडको हो ।

तत्कालीन एमालेबाट समानुपातिकमा चार पुरूषले मात्र सांसद बन्ने अवसर पाएका थिए । दुगड मधेसी कोटाबाट सांसद बनेका थिए । सांसदमा हरेक वर्ग र क्षेत्रको समानुपातिक समावेशी प्रतिनिधित्व गराउने उद्देश्यका साथ निर्धारण गरिएको व्यवस्थाको गतल फाइदा उठाउँदै अरू पार्टीले झैं तत्कालीन एमालेले पनि धनाढ्य व्यापारीलाई सांसद बनाएको थियो । तीमध्ये दुगड एक हुन् ।

२०७० सालमा उनले खोलेको नव नेपाल पार्टीले दोस्रो संविधानसभा निर्वाचनमा एक हजार ३९८ मत ल्याएको थियो । चुनावमा जमानत समेत जोगाउन नसकेपछि उनले आफ्नो पार्टीलाई एमालेमा विलय गराएका थिए । दुगड पहिलो पटक २०६४ सालमा सांसद भएका थिए । त्यतिबेला सद्भावना पार्टी आनन्ददेवीका तर्फबाट समानुपातिक सांसद बनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७