२५ करोड लगानीमा नेपालकै ठूलो बायो ग्याँस उद्योग सञ्चालन, यसरी बन्छ ग्याँस


६ मंसिर २०७६, शुक्रबार
gass 1

पोखरा, ६ मंसिर । पोखरा–३२ स्थित मजुवामा फोहोेरबाट मोहोर उत्पादन हुने गरी नयाँ उद्योग गण्डकी उर्जा प्रालि सञ्चालनमा आएको छ ।

पोखरा क्षेत्रका १६ जना युवा उद्यमीबाट शुरु गरिएको उक्त उद्योगबाट हाल दैनिक करिब ६ सय किलो बायो ग्याँस उत्पादन हुन थालेको प्रालिका प्लान्ट म्यानेजर निमेशकुमार झाले जानकारी दिए ।
जर्मनी प्रविधिमा आधारित जर्मन, इटली, अमेरीका, भारतबाट समेत विभिन्न मेसिनसहितका निर्माण सामग्रीबाट उक्त उद्योग हालै सञ्चालनमा ल्याएको प्लान्ट म्यानेजर झाले जनाए ।

४० रोपनी क्षेत्रफलमा रहेको उद्योगले ग्याँसको साथमा प्राङ्गारिक मल समेत उत्पादन गर्ने भएको छ । उद्योग पूर्ण रुपमा सञ्चालन हुँदा दैनिक १० देखि १२ टन मल उत्पादन हुने प्लान्टले जनाएको छ ।

उद्योगबाट उत्पादन भएको मल उद्योगबाट प्रतिकिलो १० र अन्य क्षेत्रमा पुर्‍याउँदा प्रतिकिलो २५ रुपैयाँ पर्ने बताइएको छ । त्यसै गरी प्रालिले कुहिने फोहोर पोखरा क्षेत्रमा नपाएका कारण हाल नवलपुरसम्म पुगेर फोहोर ल्याउने गरेको छ ।

पोखराबाट निस्कने फोहोरलाई वर्गिकरण नगर्दा र महानगरले उक्त कम्पनीलाई फोहोर दिने बिषयमा चासो नदिएका कारण कम्पनीले अन्य जिल्लाबाट फोहोर ल्याउँदै आएको छ । कम्पनीले कुहिने फोहोरलाई ढुवानीसहित प्रतिकिलो एक रुपैयाँ दिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७