इण्डियन आइडलबाट अनु मलिकलाई गरियो ‘आउट’, यौन शोषणको आरोप


६ मंसिर २०७६, शुक्रबार
annu malik scaled

नयाँदिल्ली, ६ मंसिर । भारतीय रियालिटी शो इण्डियन आइडल–११ बाट अनु मलिकलाई हटाइएको छ । इण्डियन आइडल ११ को निर्णायक बनेसँगै भारतीय गायक तथा संगीतकार अनु मलिकको चर्को आलोचना भइरहेको थियो ।

अनु मलिकमाथि कैयौं महिलाहरुले मि टू अभियानअन्तर्गत यौन शोषणको आरोप लगाएका थिए । यसअघि पनि अनु मलिकले मि टू अभियानअन्तर्गत उनले यौन शोषणको आरोप लागेपछि शो छोड्नु परेको थियो ।

anu

इण्डिया टुडेको एक रिपोर्टअनुसार अनु मलिक अब इण्डियन आइडल ११ बाट बाहिरिइसकेका छन् । उनको स्थानमा शोमा कसको आगमन हुनेछ भन्ने बारेमा अहिले कुनै जानकारी सार्वजनिक गरिएको छैन । अनु मलिकलाई आरोप लागेपछि सोनी टेलिभिजनलाई राष्ट्रिय महिला आयोगले स्पष्टीकरण दिन पत्र पठाएको थियो ।

tt

यस विषयमा मिडियासँग कुरा गर्दै अनु मलिकले आफू कुनै पनि किसिमको दबाबमा आएर नभई आफ्नो स्वेच्छाले शोबाट बाहिरिएको बताएका छन् । उनले भनेका छन्, ‘मैले स्वेच्छाले यो निर्णय लिएको हुँ । म यस शोबाट तीन हप्ताको बिदा लिएर जाँदैछु र अब म आफ्नो नाममा लागेको दाग हटाएरै फर्कनेछु ।’

2 3

भारतीय गायिका सोना मोहापात्रा र नेहा भसीनले अनु मलिक इण्डियन आइडल–११ को निर्णायक बनेलगत्तै आपत्ति जनाएका थिए । साथै सोना मोहा पात्राले महिला एवं बाल विकासमन्त्री स्मृति इरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकलाई निर्णायकको पदबाट हटाउन माग गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७