‘शान्तिपूर्ण देश’ मा नेपालकाे उल्लेख्य सुधार, कुन देश कुन स्थानमा ? (सूचीसहित)


६ मंसिर २०७६, शुक्रबार
global peace

काठमाडौं, ६ मंसिर । नेपालले शान्तिपूर्ण देशको सूचीमा आफूलाई उल्लेख्य सुधार गरेको छ ।
नेपालले विश्वका शान्तिपूर्ण देशहरुमा १२ स्थान सुधार गरेको छ । ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी) १६३ देशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

जस अनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६ औं स्थानमा आएको छ । आईईपीको यो १३ औं ग्लोबल पीस इन्डेक्स रिपोर्ट हो जसमा उसले १६३ देशमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाई, समाजिक सुरक्षाको अवस्था, आतंकवाद् , सैनिकीकरणको स्तरलगायतका विभिन्न २३ वटा आधारमा मूल्याङ्कन गरि सूचित गरेको हो ।

२०१९ को रिपोर्टमा अनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको देखाएको छ । विश्व शान्तिको सूचीमा आइसल्याण्ड पहिलो स्थान कायमै छ भने अफगानिस्तान अन्तिम स्थानमा छ । उसको प्रतिवेदन अनुसार अनुसार आइसल्यान्डमा प्रति एकलाख मानिसमा वार्षिक १८ हत्या मात्र हुने गरेको छ ।

दोस्रोमा न्यूजील्याण्ड रहेको छ भने पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापुर, स्लोभेनिया, जापान र चेक रिपब्लिक क्रमशः शीर्ष दशमा छन् । स्वीट्जरल्याण्ड ११ मा छ भने एसियाबाट भुटान १५ र मलेशिया १६ ताइवान ३६ मा, इन्डोनेशिया ४१ मा अनि दक्षिण कोरिया ५५ मा र श्रीलंका ७२ स्थानमा छन् ।

यो पटकको सूचीमा दक्षिण एसियाली क्षेत्रमा भने ठूलो सुधार देखिएको छ जसका लागि नेपाल, पाकिस्तान र भुटानलाई श्रेय दिइएको हो । दुई स्थान माथि आउँदै १५ औं मा पुगेको भूटानले शान्तिका चार संकेतकमा राम्रो अंक प्राप्त गरेको छ र पुलिसदर र अतिक्रमण दरमा मात्र यसको स्कोर दुईभन्दा कम रहेको छ । दक्षिण एसियामा अन्य क्षेत्रको तुलनामा आपराधिक समस्या कम छ र राजनीतिक रुपमा मात्र अशान्त छ ।

दक्षिण एसियामा भुटान र श्रीलंका पछि नेपाल तेस्रो सबैभन्दा शान्तिपूर्ण देश हो । नेपाल शान्तिको मध्यम स्तरमा रहेको छ । भारतलाई भने अशान्तपूर्ण वर्गमा राखिएको छ जुन यो वर्ष चार स्थान तल १४१ मा पुगेको हो ।

त्यस्तै पाकिस्तान पनि २ स्थान तल १५३ मा रहेको छ । चीन पनि नेपालभन्दा तल ११० आंँ स्थानमा मध्य शान्तिपूर्ण क्षेत्रमा परेको छ । अमेरिका पनि अशान्त देशको सूचीमा छ । अमेरिका चार स्थान तल झर्दै १२८ स्थानमा पुगेको छ ।
हेर्नुस् सूची

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७