लक्ष्मी बैंकका पूर्व सिइओ सुदेश खालिङ बने सिटिजन्स बैंकको संचालक


६ मंसिर २०७६, शुक्रबार
sudesh khaling

काठमाडौं, ६ मंसिर । सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त भएका छन्। शुक्रवार बसेको बैंकको ३२०औं सञ्चालक समितिको बैठकले बैंकिङ क्षेत्रमा करिव तीन दशक लामो अनुभव बटुलेका खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरिएको छ।
अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको हो।

शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेको बैंकले बताएको छ। उनी केही समय अगाडि मात्रै लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृतबाट हटेका थिए। 

बैंककाअनुसार वाणिज्य बैंकमा सहायकबाट बैंकिंङ पेशा शुरु गरेका उनले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका हुन्।

यो बैंकले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ एकाइबाट सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७