४० मुलुकका पर्यटनमन्त्रीलाई निमन्त्रणा


६ मंसिर २०७६, शुक्रबार
Yogesh Bhattarai 1

काठमाडौँ, ६ मङ्सिर ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको बताएका छन् । । उनले विभिन्न मुलुकका मन्त्रीसँग पर्यटन प्रवद्र्धनका विषयमा विचार आदानप्रदान गरिने उल्लेख गरे ।

भ्रमण वर्षलाई लक्ष्य गरी विश्वका विभिन्न चर्चित व्यक्तित्व तथा राजनीतिक व्यक्तित्वलाईसमेत निमन्त्रणा गरिएको मन्त्री भट्टराईले बताए । ‘काठमाडौँसहित सात प्रदेश र विदेशी कूटनीतिक नियोगमा समेत आगामी जनवरी १ तारिखका दिन राष्ट्रिय महोत्सवका साथ कार्यक्रम गरिनेछ’, उनले भने ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी यसअघि नै छुट्टै कार्यालय स्थापना गरिएको उल्लेख गरे ।

भ्रमण वर्ष सफल बनाउन आफ्नो नेतृत्वमा पटक पटक बैठक बसेको र पर्यटन क्षेत्र, निजी क्षेत्रका सङ्घसंस्था तथा सङ्गठनसँग घनिभूत छलफल गरिएको मन्त्री भट्टराईले जानकारी दिए । सन् २०२० को जनवरी १ तारिखका दिन भ्रमण वर्षको भव्य सुरुआत गरिने र त्यसमा राजनीतिक दल, पर्यटन व्यवसायी, कर्मचारीलगायतको सहभागिता रहने उनले उल्लेख गरे ।

यस्तै जनवरी ७ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशस्थित सम्पूर्ण कूटनीतिक नियोग, राजदूतावास तथा कार्यालयमा पनि भव्यताका साथ महोत्सवको सुरुआत गरिने मन्त्री भट्टराईले बताए । सरकारले नेपालको सांस्कृतिक तथा प्राकृतिक स्थल र नयाँ हिमाल आरोहणका लागि खुला गरिने उहाँले जानकारी दिए ।

सो अवसरमा मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ९० प्रतिशत काम सम्पन्न भएको र २०२० को मार्चसम्ममा हवाइसेवा शुरु गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले सन् २०२१ भित्र सम्पन्न गर्ने गरी पोखरा विमानस्थलको काम ५० प्रतिशत पूरा भएको तथा आगामी पाँच वर्षभित्र बाराको निजगढमा विमानस्थल निर्माण गर्ने गरी काम अगाडि बढाउने योजना रहेको बताए ।
पाँच वर्षभित्र निजगढ विमास्थल सञ्चालनमा

मन्त्री भट्टराईले प्राकृतिक सम्पदालाई नियतबश क्षति पुगाउने पक्षमा आफूहरु नरहेको भन्दै निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि कति रुख काट्नुपर्ने हो भन्ने विषयमा यही महिनाभित्र तथ्यांक दिने बताए

उनले निजगढमा २५ लाख रुख नकाटिने भन्दै जनतालाई भड्काउने काम नगर्न पनि चेतावनी दिए । उनले आगामी पाँच वर्षभित्र निजगढ विमास्थल सञ्चालनमा ल्याउने दाबी गर्दै द्रुत गतिमा काम हुने बताए ।

उनले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्याउने काम गर्ने जानकारी दिए ।

उनले निजगण विमानस्थल बनाउने बारे गलत प्रचार गरिएको भन्दै गलत प्रचारले नेपालमा विकास गर्न नदिने षड्यन्त्र भैरहेको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७