सरकार शान्ति सुव्यवस्था कायम गर्न सक्षम : गृहमन्त्री


७ मंसिर २०७६, शनिबार
ram bahadur Thapa badal

काठमाडौं, ७ मंसिर । गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति सुव्यवस्था कायम गराउन सक्षम भएको बताएका छन् ।

  शुक्रबार काठमाडौँमा आयोजित ‘अन्तर्रा्ष्ट्रिय बौद्ध एकता सम्मेलन’लाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा अशान्ति फैलाउने तत्वहरु देखिए पनि सरकार शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको दाबी गरेको हो ।

यस्तै मन्त्री थापाले शान्ति प्रकृयालाई टुंगोमा पु¥याउन प्रतिवद्ध रहेको बताए ।  नेपाली जनताको एकतालाई अझ सुदृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउने गरी काम गरिरहेको जानकारी दिए ।

सरकारले राखेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्न पनि शान्ति आवश्यक रहेको उनको भनाई छ ।

गृहमन्त्री थापाले सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले बुद्धका सन्देशहरुलाई सरकार तथा राजनीतिक दलहरुले आत्मसाथ गर्न सके मुलुकमा शान्ति कायम रहने बताए ।

विभिन्न देशबाट सहभागि रहेका बौद्ध भिच्छु लामाहरुको यो सम्मेलन दुई दिन सम्म चल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७