सिके राउतको रङ्गभेदविरुद्ध सभाको नाममा शक्ति प्रदर्शन


७ मंसिर २०७६, शनिबार
CK RAUT

काठमाडौं, ७ मंसिर । सीके राउत नेतृत्वको जनमत पार्टीले रङ्गभेदविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले रङ्गभेदविरुद्ध सभाको नाममा शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेको हो ।

सो पार्टीले राजधानीको खुल्लामञ्चमा रङ्गभेदविरुद्ध एकताका लागि भन्दै शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको हो ।

जारी आमसभामा प्रमुख वक्ताका रुपमा सिके राउत थिए । सभालाइृ सम्बोधन गर्दै राजतन्त्र, लोकतन्त्रण, गणतन्त्र सबै हेरेपनि देशमा रंगभेद, दमन र विभेद कायम रहेकाले प्रदर्शन गरिएको उनको भनाई छ । उनले दमन गरेकाहरु विरुद्ध आत्मसम्मान खोज्न हातमा हात मिलाएर अधि बढ्ने कुरामा आफूहरु अधि बढ्ने बताए । 

सीके राउतले आमसभामा सहभागी गराउनका लागि तराई मधेशबाट आफ्ना कार्यकर्ता उतार्नु भएको छ । मधेशीलगायतका समुदायमाथि रङ्गको आधारमा हुने विभेदलाई रङ्गभेद भन्दै अध्यक्ष राउतले त्यसको विरोधमा काठमाडौमा आमसभा गरेको जनाइएको छ ।

उक्त कार्यक्रममा सहभागिताका लागि विभिन्न स्थानबाट निकालिएको जुसुलका क्रममा सिके राउत समेत सहभागी भएको थियो । प्रदर्शनमा सहभागीहरुले नो रेसिजम लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

सरकारसँग सम्झौता गरेर मुलधारको राजनीतिमा आउनुभएका राउतले जनमत पार्टी बनाउनुका साथै १४ मंसिरमा हुने उपचुनावमा तराई मधेसका स्थानीय तहमा उम्मेदवारी समेत दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७