क्रिष्टियानो रोनाल्डो बिनै एटलान्टामाथि युभेन्टसको जीत


८ मंसिर २०७६, आईतवार
siri 1

काठमाडौं, ८ मंसिर । इटालियन सिरिएमा शीर्ष स्थानमा रहेको युभेन्टसले जित हात पारेको छ । युभेन्टसले पाँचौ स्थानको एटलान्टालाई ३–१ गोल अन्तरले पराजित गर्दै शीर्ष तालिकामा ४ अंकको अग्रता बनाएको हो ।

एक गोलले पछि परेको खेलमा युभेन्टसले ३ गोल फर्काउँदै जित आत्मसाथ गरेको हो । दुवै गोल युभेन्टसका लागि गोन्जालो हिग्युनले गरेका थिए ।

शनिबार राति भएको खेलमा युभेन्टसविरुद्धको खेलमा एटलान्टाका रोविन गोसेन्सले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको युभेन्टसले दोस्रो हाफमा गोल खान पुगेको थियो ।

क्रिष्टियानो रोनाल्डो विनै मैदान उत्रिएको युभन्टसविरुद्ध ५६ औं मिनेटमा एटलान्टाका रोविन गोसेन्सले गोल गर्दै अग्रता दिलाएका थिए ।

७४ औं मिनेटमा गोन्जालो हिग्युनले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काएका थिए । ८२ औं मिनेटमा हिग्युनले नै व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ गोलको अग्रता दिलाए ।

दोस्रो हाफको इन्ज्योरी समयको दोस्रो मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसलाई ३–१ गोलको जित दिलाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७