गए डोकामा पानी बोक्ने दुःख


८ मंसिर २०७६, आईतवार
KN Damauli scaled
vfg]kfgL cfof]hgf x:tfGt/0f bdf}nL, * dªl;/ -/f;;_ M tgx’Fsf] Clifª ufpFkflnsf–! l:yt u}x|fv’bL vfg]kfgL cfof]hgf pkef]Qmf ;ldltsf cWoIf lbks /fgfnfO{ vfg]kfgL cfof]hgf x:tfGt/0f ub}{ vfg]kfgL l8lehg sfof{nosf k|d’v xl/k|;fb ltldlN;gf . g]kfn ;/sf/ / :yfgLojf;Lsf] ? ¥ft ;o @( sf] nfutdf ;DkGg cfof]hgf pkef]Qmf ;ldltnfO{ x:tfGt/0f ul/Psf] 5 . t:jL/ M s[i0f Gof}kfg], bdf}nL

तनहुँ, ८ मंसिर । तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका ६६ वर्षीया खगीमाया आले झिसमिसे उज्यालो हुन नपाउँदै डोको बोकेर खानेपानीको व्यवस्था गर्न घरबाट निस्कनुपथ्र्याे ।

गाउँमा खानेपानीको चरम अभावसँगै आलेलाई खानेपानीको जोहो गर्न निकै कठिन थियो ।
‘उठ्न नपाउँदै कसरी खानेपानी व्यवस्थापन गर्ने भन्ने पीरले साह्रै सताउँथ्यो’, आलेले भनिन्, ‘घरबाट तीन घण्टा हिंडेर डोकोमा पानी बोक्नुपर्ने दुःख शब्दमा बयान गर्न सक्दिनँ ।’ तर, अहिले घरमै खानेपानी धारा जडान भएपछि भने आलेको दैनिकी बदलिएको छ ।

खानेपानी व्यवस्था गर्न डोको बोकेर तीन घण्टा हिंड्नुपर्ने दुःखको दिन अब आलेलाई छैन । घरमै भएको धारा खोलेपछि पानी आएको देख्दा आलेलाई सपना जस्तै लागेको छ । ‘घरमै पानी आउला र जस्तो लाग्थ्यो’, आलेले भनिन्, ‘घरमै धारा जडान भएपछि साह्रै खुशी लागेको छ ।’

घरमा खानेपानी धारा जडानपछि सोही ठाउँका ५८ वर्षीया सिरमाया थापाको मुहारमा पनि खुशी छाएको छ । खानेपानीको अभावले बिहानै कुवामा पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था अन्त्य भएपछि थापाले भनिन्, ‘खानेपानीका लागि जे जस्तो दुःख गरियो, अब त्यस्तो दुःखको दिन नआओस् ।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत डाँडाखुदी गैह्राखुदी खानेपानी आयोजना निर्माणपछि यहाँका स्थानीयवासी हर्षित छन् । नेपाल सरकारको रु ५९ लाख ९२ हजार र स्थानीय उपभोक्ताको रु १३ लाख ८० हजार गरी कूल रु ७३ लाख ७२ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको डिभिजन प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

आर्थिक वर्ष २०७०–७१ मा डिपिआर भएको उक्त आयोजना २०७१–७२ मा निर्माणको चरणमा गएको थियो । आयोजनाको डिपिआर तयार गर्दा रु ९९ लाख ९६ हजार १२० लागत लाग्ने अनुमान गरिए पनि अनुमानभन्दा कम लागतमै आयोजना निर्माण सम्पन्न भएको हो ।

आयोजनामार्फत ७७ घरधुरी, एक विद्यालय र एक संस्थामा खानेपानी सुविधा पुगेको छ । आयोजनाबाट ५७६ जना लाभान्वित भएको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दीपक रानाले जानकारी दिए ।

रानाका अनुसार घरघरमै धारा जडान भएपछि स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको बताए । रानाले भने, ‘खानेपानीको सुविधा पुगेपछि स्थानीयवासीलाई खानेपानीको सुविधासँगै करेसाबारीमा पनि पानी प्रयोग गर्न पुगेको छ ।’

दीपक निम्न माविका शिक्षक देवबहादुर थापाले विद्यालयमा धारा जडानपछि विद्यार्थीलाई खानेपानी सहज भएको जानकारी दिए । खानेपानी सुविधा नहुँदासम्म शिक्षकहरुले नै डोकोमा बोकेर विद्यालयमा खानेपानी व्यवस्था गर्दै आएका थिए । विद्यालयका पूर्व प्रधानाध्यापक एवं स्थानीयवासी डम्बरसिंह थापाले सपनामा पनि डोको बोकेको देख्ने यहाँका स्थानीयवासीलाई खानेपानी सुविधा आएपछि यस्तो दिन पनि आउँछ र भन्ने लागेको बताए ।

‘लिफ्ट’ प्रविधिमा आधारित उक्त खानेपानी आयोजनाका लागि २० हजार लिटर क्षमताको दुई वटा ट्याङ्की निर्माण गरिएको छ । ७५० मिटर प्रसारण लाइन रहेको आयोजनाको उचाइ मुहानदेखि पानी ट्याङ्कीसम्म १५० मिटर रहेको छ भने वितरण लाइन चार हजार १५० मिटर रहेको छ ।

यस प्रविधिमा आधारित खानेपानी आयोजना भएकाले मर्मत सम्भारमा विशेष ध्यान दिनुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख तिमिल्सिनाले बताए । ‘अब यसको सम्पूर्ण जिम्मेवारी उपभोक्तामा गएको छ’, तिमिल्सिनाले भने, ‘आयोजना दिगो रुपमा सञ्चालन गर्न कोष खडा गर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७