नेपाललाई नोबेल अन्तराष्ट्रिय कराँते प्रतियोगिताको उपाधि


८ मंसिर २०७६, आईतवार
karate mm scaled

मोरङ, ८ मङ्सिर । मोरङको बेलबारीमा सञ्चालित नोबेल अन्तर्रािष्ट्रय कराँते प्रतियोगिताको उपाधि नेपाली टिमले जितेको छ । १९ स्वर्ण, २३ रजत र २५ कांस्य गरी कुल ६७ पदकसहित नेपालले प्रतियोगिताको उपाधि जितेको हो ।

 

त्यस्तै उपविजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कांस्य गरी कुल १५ पदक जितेको छ । यता २ स्वर्ण र ९ कांस्य गरी कुल ११ पदक जित्दै भारतको सिक्किमले प्रतियोगिताको तेस्रो स्थान प्राप्त गरेको छ । विजेता नेपाली खेलाडीको तर्फबाट खोटाङले १२ स्वर्ण, ५ रजत र ९ कांस्य पदक जितेको छ । धरानले ६ स्वर्ण, १३ रजत र ११ कांस्य पदक पाएको छ भने इटहरीको शान्तिनगरले ५ स्वर्ण, ५ रजत र ५ कांस्य पदक जितेको छ ।

प्रतियोगिताको विजेता नेपाली टोली मध्येको सर्वोत्कृष्ट पदक प्राप्त गर्ने खोटाङले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । नेपाली टिम मध्ये निकटतम पदक विजेता धरानले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यता, कुल १५ पदक जित्न सफल इटहरीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

विजेता टिम तथा खेलाडीहरूलाई नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपाने, प्रतियोगिता आयोजक समिति अध्यक्ष सञ्जय सुवेदी, प्रमुख प्रशिक्षक कुन्ती गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

नोबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराँते संघ मोरङ जिल्लामै पहिलो पटक अन्तर्रा्ष्ट्रिय स्तरको दुई दिने प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा ८५ स्वर्ण, ८५ रजत र १७० कांस्य पदकका लागि ६ देशका ५२ टिमबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नेपालसहित भारत, भुटान, बङ्गलादेश, श्रीलंका र पाकिस्तानका ६ सय ५० खेलाडी सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७