गच्छदारलाई मतपत्र पेश गर्न सर्वोच्चको आदेश


१५ पुष २०७४, शनिबार
gaccchdr

काठमाडौं: गएको मंसिर २१ गते भएको दोस्रो चरणको चुनावमा विजया कुमार गच्छदारले जितेको सुनसरी (३ को मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।gaccchdr

प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनको तर्फबाट भगवती चौधरीले र लोकतान्त्रिकबाट गच्छदार उम्मेदवार थियाे। चैधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार संवैधानिक इजलासले सुनुवाई गर्दै मतपत्र, मतपेटिका र अरु कागजता पेश गर्न आदेश दिएको हो ।

चौधरीलाई तीन सय २१ मतले पराजित गर्दै नेपाली कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको थियो । गच्छादारले निर्वाचन आयोग र प्रशासनको मिलोमतोमा आफूलाई धाँधली पूर्ण तरिकाले हराएको भन्दै चौधरीले मंगलबार सर्वोच्च अदालतमा पुनः गणनाको माग गर्दै रिट निवेदन दिनुभएको थियो ।

सर्वोच्चले निर्वाचित हुनुभएका विजय गच्छदारको शपथग्रहण रोक्ने कि नरोक्ने भन्नेबारे छलफल गर्न यही पुस २१ गते दुवै पक्षलाई बोलाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७