१३औं सागमा सहभागी खेलाडीको दुर्घटना बीमा हुने


९ मंसिर २०७६, सोमबार
bima

काठमाडौं, ९ मंसिर । मंसिर १५ गतेदेखि २४ गतेसम्म आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने वैदेशिक खेलाडी र पदाधिकारी दुर्घटना बीमा हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को सचिवालय तथा १३ औं दक्षिण एसियाली खेलकुद २०७६ को मूल आयोजक समिति र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबीच यस्तो सम्झौता भएको हो।

पाँच लाखका दरले सामूहिक दुर्घटना बीमा गर्ने गरी आयोजक समितिको तर्फबाट सदस्य सचिव रमेश सिलवाल र आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट युगेशभक्त बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

साग संचालन हुने समयसम्मका लागि आईएमई इन्स्योरेन्सलाई आधिकारिक बीमा प्रायोजकको रुपमा नियुक्त गरिएको पनि उक्त सम्झौतामा उल्लेख छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७