नयाँ प्रधानमन्त्री निर्वाचनमा नेम्बाङको यस्तो दाबी


१५ पुष २०७४, शनिबार
subash nembang

काठमाडौं तत्कालीन संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न सकिने संवैधानिक व्यवस्था भएको बताएका छन् ।subash nembang

संविधान निर्माणको नेतृत्वकर्ता नेम्वाङले विश्वभरिका संसदीय अभ्यासमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार गठनका लागि ढोका खुला हुने प्रचलन रहेको बताएका छन् ।

नेम्वाङका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकअघि नै प्रधानमन्त्री निर्वाचन हुन सक्ने संवैधानिक व्यवस्था राखी संविधान निर्माण भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

यसअघि २०४८ सालमा र जनआन्दोलन २ पछि पुनस्थापित संसदको पनि बैठक बस्नुअघि कांग्रेस नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेको नजिर स्थापित भइसकेको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७