ओमानी पर्यटन मन्त्रीलाई नेपाल भ्रमण वर्षको निम्तो


९ मंसिर २०७६, सोमबार
Sharmila dhakal and uae tourism minister

काठमाडौं, ९ मंसिर । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ओमानी पर्यटन मन्त्रीलाई नेपाल भ्रमणकोे निमन्त्रणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले ओमानका पर्यटन मन्त्री अहमद बिन नासेर अल मेहार्जीलाई पठाएको निमन्त्रणा पत्र ओमानका लागि नेपाली राजदूतमार्फत दिइएको हो ।

मन्त्री मेहाजीको कार्यकक्षमा भेटेर नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन समारोहमा ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले अतिथिको रुपमा सहभागी हुन निमन्त्रणा दिएकी हुन् ।

उनले नेपालको निमन्त्रणालाई स्वीकार गर्दै भ्रमण वर्षको उद्घाटनकै दिन जान नभ्याए पनि आफू नेपाल भ्रमणमा जान इच्छुक रहेको बताए । नेपालले भ्रमण वर्षको उद्घाटन समारोहमा ४० देशका पर्यटन मन्त्रीलाई निम्तो पठाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७