सरकारको जिम्मेवारी पुरा गरेपछि मात्र सत्ता हस्तान्तरण: नेता सिंह


१५ पुष २०७४, शनिबार
praksahman shing

काठमाडौं: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पुरा भएपछि काँग्रेसले सरकार छाड्ने बताएका छन् । prakash man singh
भिएस निकेतन बुथ समितिले आज काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना गरेको ‘बधाई तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकारले पाएको जिम्मेवारी पुरा गरेपछिमात्र सत्ता हस्तान्तरण हुने बताएका छन् ।

“बाम गठबन्धनका नेताहरु काँग्रेसले सत्ता छोड्न मानेन भन्ने हल्ला चलाउनुभएको छ, त्यो हल्लाको पछाडि नलाग्नुहोस्, हामी निर्वाचनको प्रक्रिया पुरा भएपछि सरकार छाड्छौँ,”– उनले भने ।
नेता सिंहले राष्ट्रपतिबाट शुक्रबार जारी भएको राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशले राष्ट्रिय सभामा सबै समूदायको प्रतिनिधित्व हुने उल्लेख गरे । पार्टीका पूर्व महामन्त्री सिंहले जनताको जनमतलाई शिरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७