प्रशिक्षक सारी भन्छन्, ‘रोनाल्डोसँगको सम्बन्ध राम्रो छ’


१० मंसिर २०७६, मंगलवार
skysports sarri ronaldo juventus FfEIK5OAqq

काठमाडौं, १० मंसिर । युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले रोनाल्डोसँगको सम्बन्ध राम्रो रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय ब्रेकअघिका दुई खेलमा सार्रीले रोनाल्डोलाई बेञ्चमा बोलाएर उनको विकल्पमा अर्का खेलाडी पठाएका थिए । जसको कारणले गर्दा सार्री र रोनाल्डोको सम्बन्धको बारेमा प्रश्न उठेको छ ।

‘कुनै पनि राम्रो खेलाडी बेञ्चमा फर्किनु पर्दा रिसाउँछ, तर रोनाल्डोमा अझ पनि धेरै उत्प्रेरणा देखेको छु,’ सार्रीले भने । अन्तर्राष्ट्रिय खेलमा जानुअघि एसीमिलानविरुद्धको खेलमा सार्रीले रोनाल्डोलाई बेञ्चमा बोलाएका थिए ।

जुन खेलमा युभेन्टसले मिलानलाई १–० ले हराएको थियो । त्यसअघि च्याम्पियन्स लिगअघि लोकोमोटिभ मस्कोविरुद्धको खेलमा पनि उनलाई बेञ्चमा बोलाइएको थियो ।

गएको शनिबार एटलान्टाविरुद्धको खेलमा भने उनलाई आराम दिइएको थियो । जुन खेलमा युभेन्टस ३–१ ले विजयी भयो । युभेन्टसले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडसँग प्रतिष्पर्धा गर्दैछ । यो खेल टुरिनमा नेपाली समय अनुसार आज राति १ः४५ बजे हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७