इरानमा प्रदर्शन जारी, ५२ जना पक्राउ


१५ पुष २०७४, शनिबार
iranprotest

तेहरान : इरानमा मुल्य वृद्धिका विरुद्धमा भएको प्रदर्शनका क्रममा ५२ जनालाई पक्राउ गरिएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।  इरानको दोस्रो ठुलो सहर मस्साड र अरु ठाँउमा सयौँ प्रदर्शनकारीले विहीबार पनि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । iranprotest
उनीहरुले देशमा आर्थिक समस्या गहिरिँदै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन गरेको बताएका छन् ।  प्रदर्शन सिधै राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा लक्षित रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मस्साडको क्रान्तिकारी अदालतका प्रमुख हुसेन हैदरीले ‘निस्ठुर नाराबाजी’ गरेकाले केही व्यक्तिहरुलाई पक्राउ गरिएको बताए । ‘हामी प्रदर्शनकारीहरुको अधिकार प्रति सम्वेदनशिल छौं, तर केही व्यक्तिहरुले आफ्नो अधिकार र मर्यादा नै नाघेकाले सरकारले आफ्नो जिम्मेवारी निर्वाह गर्नु परेको हो,’ हैदरले भने ।
प्रदर्शनकारीहरूले मस्साडमा गरेको प्रदर्शनको नजरको टेलिग्राम च्यानलले देखाएको छ । एउटा महत्वपूर्ण धार्मिक क्षेत्रमा उहाँहरू भेला भएको र भजन कृतन गरिरहेको दृश्यहरूमा देखिएको छ ।
नजरले याज्ड, शाह्रोड, कास्मरलगायतका साना शहरहरूमा पनि प्रदर्शनकारीहरूले विरोध जनाएको समाचार आएका छन् । प्रदर्शनकारीहरूले गरेको प्रदर्शनको भिडियोहरू सामाजिक सञ्जालहरूमा समेत देखिएका छन् ।
गत हप्ता देखि अण्डाको मुत्य दोब्बर भएको छ । आन्दोलन निकै तल्लो तहबाटै उठेको स्थानीय एक सांसदले बताएका छन् ।
‘यहाँ मुख्य समस्या अवैधानिक आर्थिक संस्थाहरुका कारण सृजना भएको छ,’ मस्साड नजिकैको नेशाबर सहरबाट प्रतिनिधिन्व गर्ने हमिद गर्माबीले भने ।
पुर्व राष्ट्रपति मोहम्मद अहमदिनेजादको कार्यकालमा सन् २००५ देखि २०१३ सम्म अत्यधिक अनाधिकृत संस्थाहरु खुलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७