सन्दीप लामिछानेले साग खेल्न नपाउने


१० मंसिर २०७६, मंगलवार
sandeep

काठमाडौं, ९ मंसिर । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानले खेल्न नपाउने भएका छन् । टी–१० खेलेर फर्किएका सन्दीपको तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको कारण खेल्न नपाउने भएकाे हाे ।

उनकाे आँखाको शल्यक्रियापछि केही हप्ता आराम गर्न चिकित्सकले सल्लाह दिएको सिवाकोटीले बताए ।   दुबै आँखाको सामान्य शल्यक्रिया गरेका सन्दीपले १५ दिन आराम गर्नु पर्ने भएकाे छ । 

 सन्दीपले साेमबार बिहान तिलगङ्गा अस्पतालमा दुवै आँखाको शल्यक्रिया भएको थियो । टाढाको बस्तु धमिलो देख्ने तथा चश्मा लगाउनु पर्ने अवस्था आएपछि दीर्घकालीन समयलाई असर  नगराेस भनेर शल्यक्रिया गरिएकाे हाे । 

सन्दीपको स्थानमा रोहितकुमार पौडेललाई खेलाइने भएको छ ।  रोहित टोलीमा आएसँगै नेपालको ब्याटिङ थप बलियो बन्ने छ ।  

सागमा नेपालले पहिलो खेल श्रीलंका यू२३सँग मंसिर १७ मा खेल्ने छ । मंसिर १९ मा भुटान,मंसिर २० मा माल्दिभ्ससँग खेल्ने छ । मंसिर २१ मा नेपालले बंगलादेश यू२३सँग खेल्ने छ । मंसिर २३ मा कास्य पदको लागि लिग चरणका तेस्रो र चौथो स्थानका टोलस् भिड्ने छन् । मंसिर २४ मा स्वर्ण पदका लागि लिग चरणका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुने छ ।

सागको लागि नेपाली टोली :
ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, आरिफ शेख, अभिनास बोहोरा, कुशल भुर्तेल र राशिद खान ।

वैकल्पिक खेलाडी :
भिम सार्की र सागर ढकाल ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७