बङ्गलादेशमा बनेपालीको एकल चित्रकला प्रदर्शनी


१० मंसिर २०७६, मंगलवार
banepali

काठमाडौं, १० मंसिर । भक्तपुरका चित्रकार दीपेन्द्रमान बनेपालीले बङ्गलादेशको राजधानी ढाकामा ‘एकल चित्रकला प्रदर्शनी’ गरेका छन् ।

ढाकामा आयोजित ‘अन्तर्राष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी’ का अतिथि कलाकार बनेपालीले नेपालको संस्कृतिसँगै पुरातात्विक, ऐतिहासिक तथा धार्मिक क्षेत्रको पहिचान झल्कने चित्र समावेश गरेर चित्रकला प्रदर्शनी गरिएको जानकारी दिए ।

प्रदर्शनीसँगै उनले नेपाल भ्रमण वर्ष २०२० मा ‘नेपाल घुम्न जाऔं’ भन्दै अतिथिहरुलाई नेपाली ढाकाटोपी लगाएर स्वागत गरेका थिए । बनेपालीले नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालका मठमन्दिर, लुम्बिनी, काठमाडौँ, पोखरालगायत विभिन्न पर्यटकीय क्षेत्रका बारेमा सहभागीलाई जानकारी गराइएको बताए ।

बङ्गलादेशका वरिष्ठ कलाकार प्रा. हमिद उदजमान खानले अन्तर्राष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी ढाकामा पहिलो पटक भएको बताउँदै आपसी सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमले पुलको काम गर्ने उल्लेख गरेका थिए ।

कार्यक्रममा बनेपालीले देशदेशबीच सम्बन्ध थप प्रगाढ बनाउन कला महत्वपूर्ण माध्यम हुने उल्लेख गरे । नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको प्रदर्शनीमा चित्रकलातर्फ २० र हस्तकलातर्फका २६ कलाकारले सहभागिता जनाएका छन् । शनिबारदेखि शुरु भएको प्रदर्शनी सात दिनसम्म चल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७