ग्रामिण विद्युतीकरणमा सहकार्यको लागि कतारसँग प्रस्ताव


१० मंसिर २०७६, मंगलवार
1574763021quatar1

काठमाडौं, १० मङ्सिर । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग कतार फण्ड फर डेभलोपमेण्टको प्रतिनिधीमण्डलले भेटवार्ता गरेको छ। सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालको सौर्य उर्जा र जलविद्युतको क्षेत्रमा लगानीको सम्भावना र दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भयो।

भेटमा कतारी विदेशमन्त्रीका अन्र्तराष्ट्रिय विकास मामिला हेर्ने सल्लाहकार समिर आर फ्रेङगीले नेपालको विकासमा सहयोग गर्न कतार इच्छुक रहेको बताए। उनले कतारले नेपालको उर्जा, पयर्टन र कृषिको क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको भन्दै लगानीका क्षेत्रहरुबारे चासो राखे। त्यसका साथै उर्जा क्षेत्रमा समेत आफुहरु लगानी गर्न तयार रहेको धारणा व्यक्त गरे।

उनले सरकारले उर्जाको क्षेत्रमा उदार निती लिएको र वैदेशिक लगानीको क्षेत्रमा समेत शतप्रतिशत प्रत्यक्ष लगानी गर्न सक्ने प्रावधान रहेको भन्दै लगानीका लागी आग्रह गरे। ‘सरकारले जलविद्युतमा उदार निती अवलम्वन गरेको छ, पहिलो १० वर्षमा ८० प्रतिशत आयकर छुट र दोस्रो वर्ष ५० प्रतिशत छुट दिने नीति हामिले लिएका छौं, नेपालमा स्थायी सरकार भएकाले लगानीका लागी समेत उपयुक्त वातावरण छ’ भेटमा मन्त्री पुनले भने।।

उनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त योजनालाई सफल पार्न कतारको समेत सहयोग आवश्यक रहेको धारणा राखे।

नेपालमा उत्पादित विजुली सरकारले खरिदको ग्यारेण्टी गर्ने व्यवस्था गरेको भन्दै मन्त्री पुनले देशबाहिर समेत भारत र बङगलादेश पनि क्षेत्रीय बजारका रुपमा रहेको जानकारी दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७