इपिएलको फाइनलमा शरद भेष्वाकरको अर्धसतक पुरा, भैरहवा १५० रनको लक्ष्य पच्छाउँदै


१५ पुष २०७४, शनिबार
sarad veswakar

काठमाडौं : कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा भैरहवाका शरद भेष्वाकरले अर्धसतक पुरा गरेका छन् । उनले ३५ बलमा पुरा गरेका हुन् । उले ३९ बलमा ५२ रन बनाउँदै अाउट भएका छन् ।sarad veswakar

भैरहवा पारस खड्काको कप्तानीमा रहेको बिराटनगर वारियर्सले ७ विकेट गुमाएर दिएको १४९ रन लक्ष्य पच्छाउँदे छ । भैरहवाले अहिले १४ ओभरमा १०२ रन पुरा गरेको छ ।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोडेको छ । विराटनगरका लागि अशुंमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले नौ रन बनाएका थिए ।

सुरुवातमा राम्रो प्रदर्शन गरेपनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो । भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले दुई÷दुई तथा शरद भेषवाकर र आरिफ शेखले एक÷एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७