नेपाल टेलिकम प्रहरी फुटबल टिमको मूख्य प्रायोजक


११ मंसिर २०७६, बुधबार
nepal teclam

काठमाडौं, ११ मङ्सिर : नेपाल टेलिकम एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मूख्य प्रयोजक भएको छ। यस सम्बन्धी दुवै निकायबीच आज बुधबार सम्झौता भएको हो।

टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार टेलिकम आज देखि नै लागू हुने गरी आगामी एक वर्षसम्म नेपाल प्रहरी खेलकुद समिति अन्तर्गत रहेको नेपाल पुलिस क्लब पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक भएको छ। सो प्रायोजन वापत टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाई ३२ लाख रुपैयाँ दिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७