एमाले–माअाेवादी एकताको चर्चाले ल्यायो तरङ्ग !


१७ आश्विन २०७४, मंगलवार
Prachanda Oli
काठमाडौं : माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ले रोल्पामा आयोजित एक कार्यक्रममा एमालेसँग चुनावी तालमेल नभई पार्टी एकता हुनसक्ने बताएपछि यसले राजनीतिक वृत्तमा तरङ्ग सिर्जना भएको छ ।
Prachanda Oli

नेपालको कम्युनिष्ट आन्दोलनमा दुई फरक स्कूलिङबीच एकताको सम्भावनाका आधारहरुबारे नेता अनन्तले केही उल्लेख नगरेपनि उनको यो अभिव्यक्तिलाई कतिपयले पत्याएनन् । यद्यपी उनको यो भनाईले राष्ट्रिय मिडियामा विशेष महत्व पायो ।

माओवादी नेता अनन्तको यो भनाई सार्वजनिक हुनु अघि एमालेका नेता झलनाथ खनालको अभिव्यक्ति मिडियामा सार्वजनिक भएको थियो । एमालेको जारी पोलिटब्यूरोको बैठकपछि खनालले ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्वमान्य नेता भएकोले वहाँलाई कार्यकारी राष्ट्रपतिमा निर्वाचित गर्नुपर्छ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।

नेपालको कम्युनिष्ट आन्दोलनमा दुई फरक स्कूलिङबीच एकताको सम्भावनाका आधारहरुबारे नेता अनन्तले केही उल्लेख नगरेपनि उनको यो अभिव्यक्तिलाई कतिपयले पत्याएनन् । यद्यपी उनको यो भनाईले राष्ट्रिय मिडियामा विशेष महत्व पायो ।

आइतबार नै एमालेको पोलिटब्यूरो बैठकले माओवादीसँग चुनावी तालमेलका लागि विशेष जोड दिने निर्णय गरेको थियो । एमाले र एमाले नेताहरुले माओवादीसँग तालमेलको कुरा गरिरहेको बेला माओवादी नेता अनन्तले पार्टी एकताकै कुरा गरेपछि एमाले र माओवादीबीच केही नयाँ समिकरण बन्न थालेको आँकलन समेत गरिएको पाइन्छ ।

एमाले नेता भीम रावलले ‘कांग्रेसलाई हराउन माओवादी मात्र हैन, पूर्व राजासँग समेत एकता र तालमेल गर्न सकिन्छ’ भन्ने अभिव्यक्ति समेत आइतबारका केही अनलाईनहरुमा सार्वजनिक भएको थियो ।

हिजोका दिनसम्म माओवादीको चर्को आलोचक रहेका एमाले नेताहरु एकाएक माओवादीसँग नजिक हुनु, वाम तालमेल र सौहाद्र्र सम्बन्धको कुरा गर्न पुग्नु सामान्य संयोग मान्न सकिन्न । अझ यही बीचमा एक कदम अघि बढेर माओवादीका नेताहरुले पार्टी एकताकै कुरा अघि सारेपछि नेपाली राजनीतिमा केही नयाँ ध्रुवीकरण हुने आँकलन गरिएको हो ।

एमालेका लागि माओवादी र कांग्रेसको गठबन्धन प्रत्युत्पादक बनेकोले औपचारिक र पार्टीका नेताहरुबाट बारम्बार व्यक्त गर्दै आएको छ । यसअघिको केन्द्रीय समितिको बैठकमा नेता नेपालले प्रस्ताव नै राख्दै माओवादीसँगको सरकार गठनको सहमति तोडिनु ठूलो गल्ती भएको बताएका थिए ।

प्रदेश नम्बर दुईको निर्वाचनको समिक्षाका लागि आयोजित केन्द्रीय समितिको बैठकमा नेता नेपालले तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई सत्ता हस्तान्तरण नगरेको कारण अहिले कांग्रेस र माओवादीबीच बलियो सम्बन्ध कायम हुन पुगेको र यो एमालेका लागि प्रत्युत्पादक साबित भएको तर्क राखेका थिए ।

एमालेका अन्य नेताहरुले समेत यो गठबन्धनका कारण तराई मधेसमा हार भएको र केन्द्र र प्रदेशको निर्वाचनमा समेत यही गठबन्धन रहीहेमा प्रतिकुल परिणाम आउने अभिव्यक्ति दिएका थिए ।

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि हरेक पाइलामा एमालेले असहयोग गरेको र शत्रुतापूर्ण सम्बन्ध रहेको, राजनीतिक कार्यदिशामा समेत ‘एमाले कम्युनिष्ट पार्टी नरहेको’ भन्ने विश्लेषण माओवादी केन्द्रको रहेको सन्दर्भमा एकताको कुरा के र कुन कोणबाट नेता अनन्तले अगाडि सारे भन्ने विषय अहिले चर्चामा रहेको हो ।

यो सन्दर्भममा हेर्दा, एमालेको पछिल्लो पोलिटब्यूरोको बैठकले चुनावी तालमेल या वाम एकताको नाममा कांग्रेससँग माओवादीको गठबन्धनलाई भत्काउन चाहेको स्पष्ट हुन्छ । एमाले सिध्याए मात्रै माओवादीको भविष्य उज्ज्वल छ भन्ने आशयको कुरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको सन्दर्भममा कांग्रेस र माओवादी गठबन्धन कायमै रहेमा माओवादी केन्द्र एमाले सखाप पार्ने रणनीतिमा जान सक्ने आँकलन एमालेले गरेको हुन सक्छ ।

तर, माओवादीका तर्फबाट तालमेल र एकताको कुरा किन आयो भन्ने विषयमा भने अहिले केही स्पष्ट देखिँदैन । खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि हरेक पाइलामा एमालेले असहयोग गरेको र शत्रुतापूर्ण सम्बन्ध रहेको, राजनीतिक कार्यदिशामा समेत ‘एमाले कम्युनिष्ट पार्टी नरहेको’ भन्ने विश्लेषण माओवादी केन्द्रको रहेको सन्दर्भमा एकताको कुरा के र कुन कोणबाट नेता अनन्तले अगाडि सारे भन्ने विषय अहिले चर्चामा रहेको हो ।

विकसित हुँदै जाने घटनाक्रमहरुले यसमा प्रकाश पार्लान नै तर एमालेको जस्तै माओवादीको समेत राजनीतिक शक्ति आजर्नका लागि कुनै ‘क्यालकुलेसन’ हो भने यसले वर्तमान गठबन्धनमा संकट पर्ने भने निश्चित देखिन्छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७