१३ औं साग : नेपाल र भारत भिड्दै


१२ मंसिर २०७६, बिहीबार
vollyball

काठमाडौं, १२ मंसिर । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज नेपाली महिला भलिबल टोलीले स्वर्ण पदकको दाबेदारको रुपमा रहेको भारतको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा हुने समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो टोली भारतविरुद्व जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ ।

नेपालले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । नेपालमै भएको दक्षिण एशियाली महिला भलिबल प्रतियोगितामा नेपाल र भारतको भेट भएको थियो । जसमा भारतले नेपाललाई पराजित गरेको थियो ।

साग अन्तर्गत महिला भलिबलमा भारतले लगातार स्वर्ण जित्दै आइरहेको छ । नेपाल कास्य पदक भन्दामाथि उठ्न सकेको छैन । दक्षिण एशियाली राष्ट्रमा भारत र श्रीलङ्का बलियो टोलीको रुपमा रहेको छ ।

त्यस्तै यसअघि हिजो भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको थियो । यता भारत भने आफ्नो पहिलो खेल खेल्दैछ ।

भारतविरुद्धको खेलमा कप्तान अरुणा शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, सुनिता खड्का, साफिया पुन, उषाकुमारी विष्ट, हीरा केसी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, उषा भण्डारी र सलिना श्रेष्ठ छन् । खेल साझ ५ बजेपछि शुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७