टुडिखेलमा धुमधाम मनाइयाे ‘तमु ल्होसार’  (फोटोफिचर)


१५ पुष २०७४, शनिबार
tamu loshar 2
gofF jif{ …td’ Nxf];f/Ú sf7df8f}Fsf] 6’Fl8v]ndf zlgaf/ u’?ª ;d’bfon] k’/fgf] jif{nfO{ labfO u/L gofF jif{nfO{ :jfut u/]/ …td’ Nxf];f/Ú kj{ dgfpFb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाण्डौ : गुरुङ समुदायले आज आफ्नो नयाँ वर्षको रुपमा तमु ल्होसार मनाएका छन् । देश विभिन्न ठाउँबाट राजधानी आएर बसोवास गर्ने गुरुङ समुदायले राजधानीको टुडिखेलमा धुमधाम ल्होसार मनाएका हुन् ।
गुरुङहरुले आफन्तसंग भेटघाट गर्नुका साथै नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मिठा परिकार खाएर नाचगान गरी ल्होसार मनाउने गरिन्छ ।
गुरुङ समुदायले चरा वर्गलाई बिदाइ गरि कुकुर वर्गलाई स्वागत गरेर तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष चराको वर्ष थियो भने यस वर्ष कुकुरको वर्ष (खि ल्हो ) रहनेछ ।

यस वर्ष भने कुकुरको शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्ने विश्वास गरिन्छ । सरकारले तमु ल्होसारको दिन सार्वजानिक बिदा समेत दिने गरेको छ।

tamu loshar 6 tamu loshar 5 tamu loshar 2 tamu loshar 3 tamu loshar 4

tamu loshar 7

tamu loshar 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७