१५ प्रतिशत लाभांश दिने लक्ष्मी बैंकको घोषणा


१२ मंसिर २०७६, बिहीबार
laxmi bank

काठमाडौं, १२ मंसिर । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको आइतबार सम्पन्न २२१ औं बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको सहित ५ प्रतिशत नगद लाभांश गरी कुल१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।


लाभांसपछि बैंकले ८९ करोड २० लाख ५० हजार ८६४ रुपैयाँ बराबरको ८९ लाख २० हजार ५०८ दशमलव ६४ कित्ता बोनस शेयर र बोनस शेयरमा लाग्ने करसहित ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।


अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड ५लाख ९ हजार रुपैयाँ छ। बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ।


बैंकले मंसिर २३ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। मंसिर २२ गतेसम्मका शेयरधनी मात्र वार्षिक साधारण सभामा सहभागी हुन सकिन बैंकले बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७