समृद्ध नेपालको जिम्मा नीजि क्षेत्रले लिनुपर्छ : भवानी राणा


१५ पुष २०७४, शनिबार
bhawani rana31

हेटौँडा : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले समृद्ध नेपालको नेतृत्व अब निजी क्षेत्रले गर्ने बताएका छन् । bhawani rana31

आज मकवानपुर उद्योग वाणिज्य संघको ५१औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष राणाले यस्तो बताएको हो । उनले नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै अब नयाँ नेपालमा हुने आर्थिक समृद्धिको नेतृत्व लिन उद्योगी व्यवसायी तयार हुनुपर्ने तर्क गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष राणाले मकवानपुरको विकासको मूल प्रवाह निर्माणाधीन द्रुतमार्ग तथा निजगढ विमानस्थल रहेको भन्दै उनले मकवानपुरमा पर्यटन विकासको निकै सम्भावना भएको जिल्ला रहेको बताए ।

कार्यक्रममा सांसदहरु कृष्णप्रसाद दाहाल, विरोध खतिवडा, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललगायतले मन्तव्य व्यक्त गरेको थियो । कार्यक्रममा पत्रकारितामार्फत मकवानपुर उद्योग वाणिज्य संघको गतिविधिलाई आमनागरिकबीच लगेको भन्दै पत्रकारहरु कृष्ण सारु, विवश अधिकारी तथा पुष्पराज अधिकारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७