अवोध बालककाे आफ्नै महिला प्रिन्सिपलसँग माया बसेपछि …


१४ मंसिर २०७६, शनिबार
balak

नयाँदिल्ली, १४ मंसिर । माया सबैको मनमा हुन्छ । अनि माया गर्नका लागि उमेर वाधक बन्दैन, अनि को कुन हैसियतको भन्ने पनि चिन्दैन ।

एउटा अवोध बालकले भित्रभित्रै आफू भन्दा प्रौढ महिलालाई पनि मन पराई रहेको हुन सक्छ । खैर उसको माया अरिपक्क र बालापनको अवोध माया पनि हुन सक्छ । तर, यस्तै मायाका कारण एक बालकले भने नराम्रो सजाय भोग्नु परेको छ ।

भारतमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । स्कुले बालकले आफ्नै विद्यालयको महिला प्रिन्सिपललाई ‘प्रेमपत्र’ पठाएबापत कठोस सजाय व्यहोरेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको यो घटना आन्ध्र प्रदेशको एक स्कुलको हो । अनन्तपुर जिल्लाको कादिरी नगरपालिकास्थित मासानम्पेट निम्न माध्यामिक विद्यालयका दुई बालकलाई हातखुट्टा बाँधेर भुईमा राखिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको हो । दुईमध्ये एक बालक तेस्रो कक्षा र अर्का पाँच कक्षामा अध्ययनरत छन् ।

दुई बालकमध्ये एकले प्रिन्सिपललाई प्रेमपत्र पठाएको र अर्काले कक्षाकोठामा होहल्ला गरेको आरोपमा प्रिन्सिपलकै निर्देशनअनुसार यस्तो सजाय दिइएको बताइन्छ ।

सामाजिक सञ्जालमा तस्वीरसहित उक्त घटना सार्वजनिक भएपछि सामाजिक कार्यकर्ताहरु प्रिन्सिपलमाथि कडा कारवाही हुनुपर्ने माग गरिरहेका छन् । स्थानीय प्रशासनले समेत घटनाको छानबिनका लागि आदेश दिइसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७