महिला डाक्टरको बलात्कारपछि हत्या, जोगिन खोज्दा खोज्दै सकिनन् उम्किन


१४ मंसिर २०७६, शनिबार
doctor 2

काठमाडौं, १४ मंसिर । कहिलेकाँही निकै सुरक्षा सतर्कता अपनाउँदा पनि ठूलो आपतमा मात्र पर्नु पर्दैन ज्यान समेत जान सक्छ । यस्तै घटना भारतमा भएको छ । भारतमा एक महिला डाक्टरको बलात्कारपछि हत्या भएको छ ।

हैदरावादको शादनगरकी २६ वर्षीया भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डी बुधबार अस्पतालबाट घर फर्किदै थिइन् । उनको स्कुटर नजिकैको एउटा प्लाजाको पार्किङ गरिएको थियो । त्यो दिन उनको स्कुटरको टायर पन्चर भएको रैछ । रात परिसकेको थियो । नजिकै वर्कसप थिएन । उनी त्यहीं अभर परेर बसेकी थिइन् ।

प्रियंकालाई दुई जना पुरूषले सहयोग गर्ने बताए । उनलाई शुरूमै ती दुई जनासँग डर लागिरहेको थियो तर, घर पनि जानु नै थियो । उनले सहयोग स्वीकारिन् तर केही गरिहाल्छन् कि भन्ठानेर आफ्नी बहिनीलाई फोन गरिन् । भनिन्, ‘म तँसँग कुरा गर्दै आउँछु फोन नकाट्नु ।’

केहीबेरपछि त प्रियंकाकै फोन स्विच अफ भयो । छोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरे । प्रहरीले खोजी थाल्यो । रातभरि केही पत्ता लागेन ।

बिहीबार बिहान शादनगरको चतनपल्ली गाउँका एक किसानले महिलाको शव ह्युम पाइपभित्र भेटिएको खबर पठाए । प्रहरी घटनास्थलमा पुग्यो । त्यहाँ जलेको अवस्थामा प्रियंकाको शव भेटियो । घटनास्थलमा प्रियंकाको स्कार्फ, माला, जुत्ता, पर्सलगायतका सामान पनि आधा जलेको अवस्थामा भेटिए ।

प्रहरीले घटनाको अनुसन्धान गर्न १० सदस्यको टोली बनाएको छ । प्रियंकाको बलात्कारपछि हत्या भएको देखिएको छ । बलात्कारको पुष्टी हुन नसकोस् भनेर उनीहरूले प्रियंकालाई जलाएको हुनसक्ने प्रहरीको ठहर छ । प्रियंका हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७