अर्घाखाँचीमा बिहानैदेखि उत्साहका साथ मतदान हुँदै


१४ मंसिर २०७६, शनिबार
arghakhachhi

अर्घाखाँची, १४ मंसिर  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ३ मा शनिवार बिहानै देखि उत्साहका साथ मतदान कार्य  भइरहेकाे छ ।  बिहान ७ बजेपछि मतदान सुरु भनिएता पनि मतदाताहरु मतदान गर्न उत्साहका साथ बिहानै ५ बजेदेखि नै लाईनमा बसेका थिए ।

मालारानी गाउँपालिका वडा नं ३ का ५५ वर्षीय वडा अध्यक्ष जीवन कुमार चौहान को उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा २०७४ साल पुसमा निधन भएको थियो ।

निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन हुन लागेको छ । पहिलो मतदान केन्द्र आदर्श मा।वि। खनदह मा रहेको छ भने दोश्रो केन्द्र सुन्दरा आधारभुत विद्यालय सावडाँडामा रहेको छ । पहिलो केन्द्र मा मतदाता संख्या १६२० र दोश्रो केन्द्र मा १३९१ गरि जम्मा मतदाता संख्या ३०११ रहेको हो ।

जसमध्ये दिउँसो १ बजे सम्म १७४७ खसेको मतदानमा अशक्त र अपाङ्गहरुलाई लाईन लाग्न नपर्ने गरी मतदान गर्ने व्यबस्था मिलाईएको प्रजिअ बिजयराज पौडेल ले जानकारी दिए  ।

उपनिर्वाचनमा नेकपा बाट यमलाल खनाल , नेपाली कांग्रेस बाट शोभाखर खनाल र राप्रपाबाट रण बहादुर खनाल को उम्मेद्धवारी परेको छ ।

२०७४ को निर्वाचनमा तात्कालिन नेकपा माओवादी र नेपाली काँग्रेसको गठवन्धनका उम्मेदवार शोभाखर खनाललाई हराउँदै तत्कालीन नेकपा एमालेका उम्मेदवार जीवन कुमार चौहानले वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । जीवन कुमार चौहान का विकासका अधुरा सपना पुरा गर्न नेकपाले जित्नु पर्ने मतदाता भुवन बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७