सुनसरीका चार वडाबाट साझा पार्टीलाई पाँच भोट मात्र


१५ मंसिर २०७६, आईतवार
sajha

सुनसरी, १५ मंसिर । वैकल्पिक दलको दावी गरिरहेको साझा पार्टीको धरानको मत परिणाम निकै तल रहेको छ ।

धरान उपमहानगरपालिकाका चार वडाको मत गन्दा साझा पार्टीका उम्मे्दवारले जम्मा पाँच भोट ल्याएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीका अनुसार उक्त पार्टीका मेयर पदका उम्मेदवार राजनकुमार श्रेष्ठले पाँच मत ल्याएका छन् ।

कार्यालयका अनुसार १७, १८, १९ र २० नम्बर वडाको मत गणना सम्पन्न हुँदा साझा पार्टीलाई जम्मा पाँच मत मात्र प्राप्त भएको हो । पछिल्लो मतपरिणाम अनुसार नौ ८५१ भोट गणना हुँदा नेकपा र कांग्रेस उम्मेदवारको तीव्र प्रतिष्पर्धा छ ।

नेकपा उम्मेदवार प्रकाश राई प्रकाश राई चार हजार ५७४ मतका साथ अगाडि छन् । कांग्रेस उम्मेद्वार तिलक राई ४५१७ मतका साथ पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर ५७ रहेको छ ।

धरान उपमहानगरपालिकामा ५५ हजार ११ मत खसेको छ । कूल मतदाता संख्या ९२ हजार ८५३ मध्येमा यति मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७