नातिनीको पेटमा हजुरबाको गर्भ !


१५ मंसिर २०७६, आईतवार
garva

ओखलढुङ्गा, १५ मंसिर । ओखलढुङ्गाकी एक किशोरी हजुरबुबाबाट बलात्कत भएपछि गर्भवती बनेकी छन् । मोलुङ गाउँपालिकाकी एक १५ वर्षीया किशोरीलाई उनकै नाताले हजुरबुवा पर्ने ५८ वर्षीय वृद्धले बलात्कार गरी गर्भवती बनाएको खुल्न आएको छ ।

बुधबार वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक मिलन बस्नेतले बताएका छन् । गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । घरमा कोही नभएको मौकामा वृद्धले बालिकालाई आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

बालिकाको पेट अस्वभाविक रुपले बढेपछि आफन्तले सोधपुछ गर्दा बालिका भर्गवती भएको खुलेसँगै वृद्धले बलात्कार गरेको घटना बाहिर आएको हो । बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ ।

बालिका सुस्त मनस्थिति र कम उमेरकी भएका कारणले गर्भपतनका लागि प्रसुती गृह थापाथली रेफर गरिएको केन्द्रकी घटना व्यवस्थापक कुमारी तामाङले बताएकी छन् । बालिका जिल्लास्थित एक सुरक्षित आवास गृहको शरणमा छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७