धरानमा तिलक राईको अग्रता बढ्दो, यस्तो छ पछिल्लो मत परिणाम


१६ मंसिर २०७६, सोमबार
Tilak rai

काठमाडौं, १६ मंसिर ।  धरान उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । प्रतिष्ठाको लडाइका रुपमा हेरिएको धरान उपमहानगरको उपचुनावमा पछिल्लाे मत परिणाम अनुसार  नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेकाे छ ।

कांग्रेस उम्मेदवार तिलक राईले २५ हजार ९ सय ९८ मत हासिल गरेका छन् । नेकपाका उम्मेदवार प्रकाश राई २३ हजार ३ सय ९३ मतका साथ कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन् ।उपमहानगरपालिकाको वडा नंं. १ र ७ को अहिले मतगणना भइरहेको छ ।

यसअघि तिलकले २१ हजार ३११ मत प्राप्त गर्दा नेकपाका उम्मेद्वार प्रकाश राईले २० हजार ८ मत ल्याएका छन् ।

धरान उपमहानगरपालिकाकै वडा नं. ७ को वडाध्यक्षका लागि पनि शनिबार मतदान भएको छ । यहाँ अहिले मतगणना भइरहेको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार धरानमा पनि सत्तारुढ नेकपालाई धक्का पुग्ने खतरा देखिएको छ ।

०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको हो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७