एक अर्कामा विलय होइन, पार्टीलाई नयाँ उचाइमा उठाउने हो


१६ पुष २०७४, आईतवार
Krishn bahadur Mahara

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता जनअनुमोदित भइसकेको बताउँछन् माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा । अब चाहेर पनि दुवै पार्टी एकताबाट पछि हट्न नसक्ने उनको दाबी छ । महरासँगको राकृष्ण अधिकारीले गरेको कुराकानी आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । कुराकानीको केही अंश :Krishn bahadur Mahara

कहाँ पुग्यो एकता प्रक्रिया ?
छलफल चलिरहेको छ । अहिले सबै विषयमा टुंगो लागिसक्यो भन्ने बेला भएको छैन । दुईथरी पार्टी, दुई धारले चलेको पार्टीबीच एकता हुँदैछ । एकता गर्दा हाम्रो सोच भनेको दुवैको यथास्थितिको संरचना भंग गर्ने, पुरानोलाई भंग गरेर नयाँ अर्थमा खोज्ने खालको छ । एक अर्कामा विलयको अर्थमा होइन, एकअर्कालाई रुपान्तरण गरेर नयाँ चिजमा जाने, नयाँ उचाइमा उठाउने हाम्रो सैद्धान्तिक सहमति छ । बजारमा आएको हल्ला सत्यमा आधारित छैनन्

सत्य केहो त ?
सत्य यो हो कि, एकताका लागि आन्तरिक रुपले नेताहरु र खासगरी कमरेड केपी ओली र कमरेड प्रचण्ड बसिरहनुभएको छ । देशको आवश्यकता, जनताको आवश्यकता र आकांक्षा प्रतिबिम्बित हुने गरी पार्टी एकता हुन्छ ।

वाम गठबन्धन निर्माण, पार्टी एकता गर्नेदेखि सरकार गठनसम्म उत्तरको हात रहेको आरोप दक्षिणले लगाएको छ नि रु
पार्टी एकता गर्ने कुरा दुई पार्टीका दुई शीर्ष नेता बसेर आन्तरिक रुपमा गरेको विषय हो । यसमा वैदेशिक शक्ति केन्द्रहरुको हात छैन । यो हाम्रो आफ्नो मामिला भएकाले दुइटै पार्टीका नेताहरु बसेर गरेको फैसलालाई नितान्त कसैबाट निर्देशित, हस्तक्षेपकारी भूमिकाबाट भएको भन्ने आरोप सत्य होइन ।

नेपालका लागि भारतीय पूर्वराजदूतहरुले मिडियामा अन्तर्वार्ता दिँदा वा लेख नै लेखेर उत्तरको हात रहेको बताइरहेका छन् त रु त्यसलाई कसरी असत्य भन्ने रु
उहाँहरुले क कसरी वा कुन आधारमा त्यस्तो टिप्पणी गरिरहनुभएको छ, थाहा छैन । त्यो सत्यमा आधारित छैन । उहाँहरुले आफैंले बोलिरहेका त्यस्ता अभिव्यक्तिको पुष्टि उहाँहरुले आफैंले पनि गर्न सक्नु हुन्न ।

त्यसो भए कहिलेसम्म हुन्छ पार्टी एकता ?
छिट्टै हुन्छ । सरकार बन्ने प्रक्रियामा (शुक्रबार) अध्यादेश जारी भएपछि अगाडि गएको छ । यो सँगसँगै अब पार्टी एकता प्रक्रिया अगाडि बढ्छ ।

नयाँ सरकार एमाले माओवादीको मात्रै बन्छ कि मधेसकेन्द्रित दल पनि सहभागी हुन्छन् ?
पार्टीगत एकता भयो भने, एमाले र माओवादीको पहिला बन्छ । त्यसपछि अरु दललाई पनि नजिक ल्याउने र संयुक्त मोर्चा बनाउने गरी जान सकिन्छ । संयोजन समितिमा छलफल हुन्छ । को हाउँछन्, आउँदैनन् भन्ने कुरा अहिल्यै भन्न सकिँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७