चञ्चला दनुवारले दिलाइन नेपाललाई पहिलो पदक, जितिन् रजत पदक


१६ मंसिर २०७६, सोमबार
TH4B9869 scaled

काठमाडौं, १६ मंसिर । नेपालकी चञ्चला दनुवारले १३ औ दक्षिण एसियाली खेलकुद(साग)मा नेपाललाई पहिलो पदक दिलाएकी छिन् ।

सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चलाले  महिला एकल कातामा रजत पदक जितेकी हुन् ।

 उनलाई फाइनलमा पाकिस्तानकी सइदासंग ४२–२५ ले पराजित भइन् । त्यसअघि पहिलो चरणमा चन्चला समूह ए बाट शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेकी थिइन् । 

यस अघि पहिलो चरणमा भुुटानकी सोनाम ल्हामो र बंगलादेशकी हुमाइरा अख्तरलाई पछि पारेकी हुन् । चन्चलाले २४.०२ अंक जोडेकी हुन् । सोनामले २०.४२ अंक जोड्दा अख्तरले २१.६ अंक ल्याइन् ।

अर्को समूहबाट पाकिस्तानकी साहिदा फाइनलमा प्रवेश गरिन् । उनले २४.८२ अंक जोड्दै २३।८८ अंक ल्याएकी श्रीलंकाकी हेत्ती अर्चाचिलागेलाई हराइन ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७