मन्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण पदक


१६ मंसिर २०७६, सोमबार
mondey kaji

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँतेका मन्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । उनले सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा पुरुष एकल काँतामा स्वर्ण जितेका हुन् ।

उनले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भए । मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे ।

त्यसअघि सेमिफाइनलमा मन्डेले बंगलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाए । मन्डेले २४ तथा बंगलादेशका खेलाडीले २२.८ अंक जोडे । श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित कास्य जिते ।

यससँगै मन्डेले दुई दशकपछि नेपाललाई काँतामा स्वर्ण दिलाउन सफल भएका छन् । नेपालमै भएको आठौं सागमा गंगाराम महर्जनले काँतामा नेपाललाई स्वर्ण दिलाएका थिए । त्यसयता काँतामा नेपाल स्वर्णविहीन हुदै आएको थियो ।

यसअघि महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक दिलाई सकेकी छिन् ।

यो पनि पढ्नुहोस्
चञ्चला दनुवारले दिलाइन नेपाललाई पहिलो पदक, जितिन रजत पदक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७