ओली र दाहालले एकै मञ्चबाट भने ‘वाम गठबन्धन टुट्न दिन्नौं’


१६ पुष २०७४, आईतवार
prachanda and oli

काठमाडाैं : वाम गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन तोड्ने प्रयास भएको बताउँदै यसलाई टुट्न नदिने बताएका छन् । उनीहरूले अब मुलुक वाम गठबन्धनले हाँक्दै आर्थिक समृद्धितिर लैजाने उद्घोष गरे ।prachanda and oli

वाम गठबन्धन टुटाउन दाहाललाई ‘पाँच वर्ष प्रधानमन्त्री चलाउने’ अफर आएको ओलीले बताए ।

‘वाम गठबन्धनको बहुमत आएको छ, यसलाई तोड्ने प्रयास भएका छन्, ती प्रयास काम लाग्दैनन्,’ एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक विमोचनमा शनिबार उनले भने, ‘उहाँ ुदाहालु लाई ५ वर्ष प्रधानमन्त्री दिने भन्ने कुरा माया गरेर भनेको हो रु देश बनाउन खोजेको हो रु होइन, यो बिथोल्न, बिगार्न आएको हो । जुन अब सम्भव छैन ।’, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७