अन्तर्राष्ट्रिय क्रिकेटमा अन्जलीको विश्व कीर्तिमान, माल्दिभ्स माथि नेपालकाे सहज जित


१६ मंसिर २०७६, सोमबार
Anjali chanda

पोखरा, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा अन्जली चन्दले टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान राखेकी छिन् । पोखरामा  भइरहेकाे महिला क्रिकेटमा प्रतियाेगितमा अन्जलीकाे  कीर्तिमानी बलिङसँगै माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भयाे ।

१३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ । मात्र १७ रनको लक्ष्य पक्ष्याएको नेपालले मात्र ५ बलमा पुरा गर्यो ।

सामान्य १७ रनको लक्ष्य नेपालले पाँच बलमै पुरा गरेको हो । पहिलो नो बलमा काजल श्रेष्ठले चौका प्रहार गरिन् । पहिलो बलमा चौका प्रहार गरिन् । दोस्रो बलमा १ रन लिदा तेस्रो बलमा सिता राना मगर डट भइन् । चौथोमा वाइड २ र अर्कोमा काजले चौका प्रहार गरिन् । पाँचौ बलमालेग वाइका रुपमा १ रन लिदै नेपालले ५ बलमा खेल जितेको हो ।

यो नेपालले जितको सर्वाधिक छिटो जित हो । विश्वमा तेस्रो सर्वाधिक छिटो जित पर्दछ । यस अघि रवान्डा र तानजानिले समान ४ बलमा खेल जितेका छन् । नेपालकी ओपनर काजल श्रेष्ठले ५ बलमा ३ चौका सहित १३ रनमा अविजित रहिन् ।

यसअघि नेपालको बलिङ आक्रमणविरुद्ध माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन् । उसका हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउन बाहेक अन्यले खाता खोल्न सकेनन् । अन्जलीले ४ ब्याटरलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् ।

अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् ।

नेपालका लागि करुणा भण्डारीले २ विकेट हात पारिन् ।

अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ । शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।

अञ्जलीको कीर्तिमानी बलिङ
नेपालको शानदार जितमा बलर अञ्जली चन्दको कीर्तिमानी बलिङ रहृयो । उनले माल्दिभ्स विरुद्ध एक रन पनि नदिदा ६ विकेट लिएर नयाँ कीर्तिमान बनाइन ।Anjali Chand 2

उनले पहिलो ओभरमा मेडेन राख्दै तीन विकेट लिइन भने दोस्रो ओभरमा पनि एक रन पनि खर्चिनन् । तेस्रो ओभरमा थप एक विकेट लिइन । जसका कारण उनले   टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान बनाइन् ।

यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वाेउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७