लक्ष्मण तामाङले जिते कराँतेको पुरुष कुमुतेमा स्वर्ण


१६ मंसिर २०७६, सोमबार
laxman tamang male karatee kumute

काठमाडौं, १६ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष कुमुतेमा लक्ष्मण तामाङले नेपालको लागि पहिलो स्वर्ण जितेका छन् ।

सातोबादोको स्थित करातेहलमा भइरहेको खेलमा सोमबार कातातर्फ स्वर्ण जितेको नेपालले फाइट (कुमुते)तर्फ पनि स्वर्ण जितेको हो ।

उनले ५५ केजी तौल समूहमा स्र्वण जितेको हो । उनले बंगलादेशका मोहम्मद मस्तोफालाई १–० ले पराजित गरे । सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सूर्यलाई पराजित गरेका थिए ।

नेपालले करातेमा महिला, पुरुष समुह कातामा पनि स्वर्ण जितेको छ । भने मण्डेकाजी श्रेष्ठ पुरुष एकल काता तर्फ स्वर्ण र महिला एकल कातामा चञ्चला दनुवारले रजत जितेकी छिन् ।

लक्ष्मणले स्वर्ण जितेसँगै नेपालले सागमा जितेको स्वर्णको संख्या ७ पुगेको छ ।

यो पनि पढ्नुहोस्
चञ्चला दनुवारले दिलाइन नेपाललाई पहिलो पदक, जितिन रजत पदक
मन्डेकाजी दिलाए नेपाललाई पहिलो स्वर्ण पदक
नेपाललाई कराँतेको पुरुष टिम कातामा पनि स्वर्ण
अन्जलीको विश्व कीर्तिमान, नेपालद्धारा माल्दिभ्स पाँच बलमै पराजित
नेपाललाई कराँतेको महिला टिम कातामा स्वर्ण
ट्रायथोलनमा सोनीले जितिन स्वर्ण
नेपाललाई कमल श्रेष्ठले तेस्रो स्वर्ण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७