दुई सन्तानका आमा आयशा शाक्यले दिलाइन नेपाललाई स्वर्ण


१६ मंसिर २०७६, सोमबार
Ayasha shakya

काठमाडौं, १६ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् ।

३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएको छ ।
यससँगै सागमा नेपालको स्वर्ण ८ पुगेको छ ।

दुई बच्चाको आमा आयशाले २९ वर्ष माथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन । आयशा कीर्तिमानी खेलाडी दिपक बिष्टका श्रीमती समेत हुन् ।

यस्तै तेक्वान्दोको पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् । नेपालका लागि पार्वती गुरुङले तेक्वान्दोमा अर्को स्वर्ण थपेकी हुन् उनले २३ वर्षमाथि र २९ वर्षमुनिको समूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्। फाइनल भिडन्तमा उनले ८.२५० अंक बटुल्न सफल भइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७