दिवस श्रेष्ठले जिते रजत पदक


१६ मंसिर २०७६, सोमबार
Diwas shrestha

काठमाडाैं, १६ मंसिर ।  नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को करातेमा नेपालका दिवस श्रेष्ठले रजत पदक जितेका छन् । सोमबार उनले पुरुष ८४ किलो तौल समुहमा रजत जितेका हुन् ।

फाइनलमा उनी पाकिस्तानका अवाइस मोहम्मदसंग २ –२ अंकको बराबरी भएको समयमा अन्तिम सेकेन्डमा अयोग्य घोषित भएपछि पाकिस्तानले स्वर्ण जितेको हो ।

सो स्पर्धामा बंगलादेशका मोहम्मद रामजान र श्रीलंकाका जयकोडी, आर्चींगे, कविन्डु, लक्षसिथा जयकोडीले काश्य पदक जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७