१३ औं साग : नेपाललाई विश्व कीर्तिमानसहित एकै दिन १३ स्वर्ण

क–कसले दिलाए नेपाललाई स्वर्ण पदक ?


१६ मंसिर २०७६, सोमबार
Nepal gold meda

काठमाडौं, १६ मंसिर । तेस्रो पटक नेपालमा आयोजना भइरहेको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले विश्व कीर्तिमानसहित ११ स्वर्ण पदक जितेको छ ।


नेपाली क्रिकेटकी अञ्जली चन्दको अदभूत बलिङले विश्व कीर्तिमान रच्यो । अञ्जलीको कीर्तिमानी खेलबाट शुरु भएको नेपालको प्रदर्शन सोमबार दिनभर उत्साहजनक र इतिहास रच्ने खालको रह्यो ।

जसमा १३ स्वर्ण, चार रजत र तीन काँस्य पदक रहेका छन् । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दो र कराते खेलमा शानदार प्रदर्शन गरको छ ।

नेपालका लागि करातेको लक्ष्मण तामाङ, विप्लव श्रेष्ठ, कुसुम खड्का, अनु अधिकार पदक जितेका छन् । यससँगै करातेमा कुमुते तर्फ नेपालको चार स्वर्ण पदक जितेको छ ।

यस्तै सोमबार नै नेपालले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । एकल काता महिनामा नेपालले रजत पदक जितेको थियो ।

अञ्जलीको कीर्तिमानी बलिङ
नेपालको शानदार जितमा बलर अञ्जली चन्दको कीर्तिमानी बलिङ रहृयो । उनले माल्दिभ्स विरुद्ध एक रन पनि नदिदा ६ विकेट लिएर नयाँ कीर्तिमान बनाइन ।Anjali Chand 2

उनले पहिलो ओभरमा मेडेन राख्दै तीन विकेट लिइन भने दोस्रो ओभरमा पनि एक रन पनि खर्चिनन् । तेस्रो ओभरमा थप एक विकेट लिइन । जसका कारण उनले   टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान बनाइन् ।

यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वाेउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् ।

मण्डेकाजीले जिते एकै संस्करणमा दुई स्वर्ण
दक्षिण एसियाली खेलकुद (साग) को एउटै संस्करणमा दुई स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी मन्डेकाजी श्रेष्ठ बनेका छन् । मन्डेकाजी श्रेष्ठले छोरी जन्मिएपछि आफू भाग्यमानी सावित भइरहेको प्रतिक्रिया दिएका छन् । ११ औं सागमा छनोट भएर पनि खेल्न नपाएको इखले नै २ स्वर्ण विजेतासम्म बन्न आइपुगेको उनले बताएका छन् ।

यी हुन् नेपालका स्वर्ण पदक विजेता
१) कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२) कराते (टिम काता, महिला)
३) कराते (टिम काता, पुरुष)
४) कराते (५५ केजी) – लक्ष्मण तामाङ
५) तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
६) तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
७) तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
८) तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
९) ट्रायथलोन – सोनी गुरुङ
१०) तेक्वान्दो–पार्वती गुरुङ
११) कराते – विप्लव श्रेष्ठ
१२) कराते – अनु अधिकारी
१३) कराते –कुसुम खड्का

यो पनि पढ्नुहोस्
चञ्चला दनुवारले दिलाइन नेपाललाई पहिलो पदक, जितिन रजत पदक
मन्डेकाजी दिलाए नेपाललाई पहिलो स्वर्ण पदक
नेपाललाई कराँतेको पुरुष टिम कातामा पनि स्वर्ण
अन्जलीको विश्व कीर्तिमान, नेपालद्धारा माल्दिभ्स पाँच बलमै पराजित
नेपाललाई कराँतेको महिला टिम कातामा स्वर्ण
नेपाललाई कमल श्रेष्ठले तेस्रो स्वर्ण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७