कुसुम खड्काले जितिन् स्वर्ण


१६ मंसिर २०७६, सोमबार
khusam khadga 3

काठमाडौं, १६ मंसिर । कराँतेकी कुसुम खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी छिन । उनले महिला कुमेतको ४५ केजी मुनीको समूहमा कुसुम खड्काले स्वर्ण पदक जितेकी हुन् । khusam khadga 2

कुसुमले फाइनलमा बंगलादेशकी माउन्जारा बोर्नालाई ३–२ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यसअघि कुसुमले सेमिफाइनलमा श्रीलंकाकी सेनारथ आराचागीलाई ७–६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।khusam khadga 1

कराँतेबाट नेपालले जितेको यो छैटौं पदक हो । यसअघि काँतामा नेपालले ३ स्वर्ण जितेको थियो । काँतामा टिम इभेन्टको महिला र पुरुष तथा एकलतर्फ मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए । कुमुतेतर्फ विप्लव श्रेष्ठ र लक्ष्मण तामाङपछि यो दोस्रो स्वर्ण हो ।

नेपालका लागि तेक्वान्दोबाट पनि ४ स्वर्ण आएको छ । पुम्सेतर्फ कमल श्रेष्ठ, पार्वती गुरुङ, सिमा मादेन लिम्बू र आयशा शाक्यले स्वर्ण पदक हात पारेका छन् । ट्रायथलनमा पनि सोनी गुरुङले स्वर्ण पदक हात पारेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७