नेपाललाई कराँतेकाे पहिलाे दिन सर्वाधिक सफलता, ७ स्वर्णसहित ९ पदक


१६ मंसिर २०७६, सोमबार
nepal karate team 1 scaled

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई कराँतेमा पहिलो दिन सर्वाधिक सफलता हात परेको छ । नेपालले कराँतेको ९ वटा स्वर्ण पदकका लागि भएको खेलमा ९ पदक नै जित्दै करातेमा सर्वाधिक सफलता हासिल गरेको हो ।

नेपालले ७ वटा स्वर्ण र दुई वटा रजत जितेको छ । कातामा ३ र कुम्तेमा ४ वटा जितेको छ ।
काँतामा टिम इभेन्टको महिला र पुरुष तथा एकलतर्फ मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए ।

यस्तै कुमुतेतर्फ विप्लव श्रेष्ठ, लक्ष्मण तामाङ, कुसुम खड्का र अनु अधिकारीले स्वर्ण जिते । दुुई रजत दिपक चञ्चला दुनुुवार र दिवस श्रेष्ठले जिते ।

कुुमेततर्फ चार स्वर्ण र एक रजत
कुमेत तर्फ कुसुम खड्काले ४५ केजी मुनि तौल समूह, अनु अधिकारीले ४५ केजी मुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका हुन् ।

यस्तै विप्लव श्रेष्ठले ८४ केजी माथि तौल समूह र ५५ केजी तौल समूहमा स्वर्ण लक्ष्मण तामाङले स्वर्ण जितेका हुन् ।

दिवस श्रेष्ठले पुरुष ८४ किलो तौल सnepal karate gold medalमुहमा रजत पदक जितेका हुन् ।
कातामा तीन स्वर्ण

कराते पुरुष टिम कातामा नेपालका मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जिते । मण्डेकाजीले पुरुष एकल कातामा पनि नेपाललाई स्वर्ण दिलाए ।

नेपाललाई महिला टिम कातामा नेपालले स्वर्ण जित्यो । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले स्वर्ण जितेको हो । भने चञ्चलाले महिला एकल कातामा रजत पदक जितिन् ।

पाकिस्तानलाई दुई स्वर्ण
करातेमा पाकिस्तानले दुई स्वर्ण जितेको छ । पाकिस्तानकी सइदाले महिला एकल काता र
अवाइस मोहम्मद ८४ किलो तौल समुहमा स्वर्ण जितेका हुन् ।
फाइनलमा सहदाले चञ्चाल र अवाइसले दिवसलाई पराजित गरेका थिए ।

pakisthan karate gold medal

 

 

यो पनि पढ्नुहोस्
चञ्चला दनुवारले दिलाइन नेपाललाई पहिलो पदक, जितिन् रजत पदक
मन्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण पदक
कुसुम खड्काले जितिन् स्वर्ण
कराँतेकी अनुले जितिन् स्वर्ण (फोटाेफिचर) 
कराँतेका विप्लव श्रेष्ठलाई स्वर्ण (फोटोफिचर)
दिवस श्रेष्ठले जिते रजत पदक
लक्ष्मण तामाङले जिते कराँतेको पुरुष कुमुतेमा स्वर्ण
नेपाललाई कराँतेको पुरुष टिम कातामा पनि स्वर्ण
नेपाललाई कराँतेको महिला टिम कातामा स्वर्ण (फाेटाेफिचर)
 

nepal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७