१३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)


१७ मंसिर २०७६, मंगलवार
nepal gold medal south asian game

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले एकै दिन विश्व कीर्तिमानसहित १५ स्वर्ण पदक जितेको छ ।

हालसम्म नेपालले कराते र तेक्वान्दोबाट ७–७ र ट्रायथलनबाट १ स्वर्ण जितेको छ । कुल ९ पदकको लागि भएको करातेमा नेपाल सर्वाधिक सफलता हात पारे । करातेको काताको दुवै टिम इभेन्ट र पुरुष एकलको मन्डेकाजी श्रेष्ठले कुल ३ पदक जिते । कुमुतेतर्फ विप्लव श्रेष्ठ, लक्ष्मण तामाङ, कुसुम खड्का र अनु अधिकारीले स्वर्ण जिते । करातमो नेपालले दुई वटा रजत जिते ।

तेक्वान्दोमा टिम पुम्सेमा २, पेयर पुम्सेमा १ तथा एकलतर्फ ४ स्वर्ण नेपालले जितेको छ । एकलमा कमल श्रेष्ठ, सिना मादेन, पार्वती गुरुङ र आयशा शाक्यले स्वर्ण जिते ।

तेक्वान्दोकी आयशाले पनि सोमबार नै दुई स्वर्ण जितिन । ११ औं सागमा स्वर्ण जितेकी उनले पहिलो पटक सागमा समावेश भएको पुम्सेको एकल र टिममा प्रतिस्पर्धा गरेकी थिइन । उनले दुबैतर्फ स्वर्ण पदक जित्न सफल भइन् ।

तेक्वान्दोको पुम्सेमा नेपालले कुल १३ स्वर्णको छिनोफानो हुँदा नेपालले ७ वटा जित्यो । १७ देखि २३ वर्षको समूहमा सीना मादेन, २३ देखि २९ वर्ष समूहमा पार्वती गुरुङले स्वर्ण जितेकी छन् । पुरुषतर्फ २३ देखि २९ वर्ष समूहका ककमल श्रेष्ठले पनि स्वर्ण पदक जितेका छन् ।

यसैगरी पुम्सेको कटिमतर्फ १७ देखि २३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिमा तामाङ र रञ्जिला तिमल्सिना तथा २३ देखि २९ वर्ष उमेर समूहमा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टिमले नेपाललाई स्वर्ण पदक दिलाएको छ ।

१३ औं सागका स्वर्ण पदक विजेता
स्वर्ण पदक
१. कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२. कराते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३. कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४. कराते (५५ केजी) – लक्ष्मण तामाङ
५. कराते (८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ
६. कराते (४५ केजी मुनी)- कुसुम खड्का
७. कराते (५० केजी मूनि) अनु अधिकारी
८. तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – कमल श्रेष्ठ
९. तेक्वान्दो पुम्से (१७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१०. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष) – पार्वती गुरुङ
११. तेक्वान्दो पुम्से (२९ वर्ष माथि) – आयशा शाक्य
१२. तेक्वान्दो पुम्से (२९ वर्ष माथि)- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१३. पुम्से महिला टिम (१७–२३ वर्ष)– निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१४. पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१५. ट्रायथलन – सोनी गुरुङ
रजत पदक
१. कराते (एकल काता) – चन्चला दनुवार
२. तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
३. कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
कास्य पदक
१. तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु
२. तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – जितबहादुर बोट र पार्वती गुरुङ
३. ट्रायथोलन – बसन्त थारु

यो पनि पढ्नुहोस्
चञ्चला दनुवारले दिलाइन नेपाललाई पहिलो पदक, जितिन् रजत पदक
मन्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण पदक
कुसुम खड्काले जितिन् स्वर्ण
कराँतेकी अनुले जितिन् स्वर्ण (फोटाेफिचर) 
कराँतेका विप्लव श्रेष्ठलाई स्वर्ण (फोटोफिचर)
दिवस श्रेष्ठले जिते रजत पदक
लक्ष्मण तामाङले जिते कराँतेको पुरुष कुमुतेमा स्वर्ण
नेपाललाई कराँतेको पुरुष टिम कातामा पनि स्वर्ण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७